शुकदेव स्मृती दिवस सम्पन्न

Read Time:2 Minute, 6 Second

सनु थापा मगर

बुटवल, चैत्र ११- अग्रणी शहिद शुकदेव गुरुङको १३८ औं स्मृति दिवस विविध कार्यक्रम गरि मनाईएको छ । आज मंगलबार भैरहवामा एक कार्यक्रम गरि जहाँनिया राणा शासनको विरुद्धमा आवाज उठाउँदा शाहादत प्राप्त गुरुङको स्मृतिमा तमुह्युल छोंजधी गुरुङ राष्ट्रिय परिषद रुपन्देहीका अध्यक्ष सुर्जेलाल गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । स्मृति दिवसमा बोल्दै नेकपा माओवादी ड्यासका सचिव देव गुरुङले सुकदेव गुरुङलाई जनजाति भएकै कारणले सरकारले शहिद घोषण गर्न आनकानी गरेको बताए । कार्यक्रममा पुर्वमन्त्रि हकीकुल्ला खाँ, ड्यास माओवादीका राज्य ईन्चार्ज चन्द्रहरी सुवेदी अटल, जनमुक्तिका लेख बहादुर गुरुङ, राप्रपाका कृष्ण गुरुङ, छत्र दर्लामी, दल बहादुर छन्त्याल, नविन सुनुवार, सुन्दर गुरुङ, टेक बहादुर गुरुङ, देवी गुरुङ लगायतले बोलेका थिए । धन बहादुर गुरुङले सुझाब पत्र पेश गरेका थिए ।
आजकै कार्यक्रमबाट गुरुङलाई अग्रणी शहिद घोषणा गर्नको लागि राज्यलाई दवाव दिने उदेश्यले यही १२ गते जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रिलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ भने यही १७ गते सर्बपक्षिय भेला बोलाउने लगायतका कार्यक्रम पनि घोषणा गरिएको आयोजकले जनाएको छ । टेक बहादुर गुरुङको स्वागत तथा दिपक गुरुङको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %