सात बुदे प्रेस व्यक्तव्य जारी गर्दे सकियो फोनिज पाल्पाको जिल्ला भेला

Read Time:6 Minute, 4 Second

संचार माध्यमलाई समाबेशी बनाउन आग्रह
पाल्पा, चैत्र ११
सात बुदे प्रेस व्यक्त्व्य जारी गर्दे नेपाल आदीबासी जनजाति पत्रकार महासंघ (फोनिज) पाल्पाको जिल्ला भेला सम्पन्न भएको छ । तानसेन स्थित बडीज्ञानटोमा रहेको फोनिज पाल्पाको कार्यालयमा मंगलबार भएको जिल्ला भेलाको फोनिज पश्चिमाञ्चल संयोजक देब पचभैयाले उद्घाटन गरेका थिए । भेलाले आम संचारमाध्यमलाई पुर्ण समाबेशी बनाउदै आदीबासी जनजातीपत्रकारहरुलाई क्षमता र योग्यताको आधारमा मिडियामा निर्णायक तहमा स्थान दिन आग्रह गरेको छ । सरकारले जारी गर्न खोजेको आम सञ्चार नीतिलाई पुर्ण समावेशी बनाउन, आदिवासी जनजाति पत्रकारहरुको क्षमता अभिवृद्धिको लागि राज्यले विशेष व्यवस्था गर्न, श्रमजिवी पत्रकार ऐन तत्काल लागु गर्दे अनुगमन गर्न, आदिवासी जनजातिले उठाएको पहिचान सहितको संघीयता र संघीयता सहितको संविधान निर्माण गर्न राजनीतिक दलहरुलाई दबाव दिन भेलाले निर्णय गरेको छ । फोनिज पाल्पाका अध्यक्ष राजकुमार आले द्धारा हस्ताक्षरित प्रेस बतmब्यमा सवैको अपनत्व हुने संविधान जारी गर्न माग गर्दै आदिवासी जनजाति पत्रकारहरुको पेशागत संरक्षण र जीवन सुरक्षाको लागि सरकारसंग आब्हान गरिएको छ ।


जिल्ला भेलाको उद्घाटन गर्दे फोनिज पश्चिमाञ्चल संयोजक देब पचभैयाले आदीबासी जनजाति पत्रकाहरु आम संचार माध्यममा टिक्न र बिक्नु पर्नेमा जोड दिए। आम संचार माध्ययममा आदीबासी जनजातिहरुको लगानी कम भएको भन्दै आदीबासी जनजातिहरुको मुद्धाले संचार माध्यममा स्थान नपाएको भनेर दुख मनाउ गर्नुभन्दा आफै मिडिया खोलेर आफ्ना मुद्धा र सवाललाई घनिभुत रुपमा वकालत गर्नुपर्नेमा जोड दिए । जिल्लामा धेरै आदीबासी पत्रकारहरु जन्माउन आग्रह गर्दै उनले नया सदस्यता बितरण र पुराना सदस्यता नबिकरण गर्न पनि आग्रह गरे । कार्यक्रममा आदीबासी जनजाती महासंघ पाल्पाका अध्यक्ष त्रिरत्नलाल शाक्य, नेफिन पाल्पाका सल्लाहकार अशोक कुमार शाही, पत्रकार महासंघ पाल्पाका सदस्य रन बहादुर कुमाल, नवसम्बाद साप्ताहिकका सम्पादक रिखिराम राना, नेपाल मगर संघ पाल्पाका अध्यक्ष बल बहादुर गाहा लगाएतका बतmाहरुले पत्रकारीता पेशामा निकै चुनौती र अवसर पनि रहेकाले बिचलित नभई निरन्तर पत्रकारिता गर्नुपर्नेमा जोड दिएका थिए ।
फोनिज पाल्पाका अध्यक्ष राजकुमार आलेको अध्यक्षता, सचिब हरी बहादुर सारुको संचालन र कोषाध्यक्ष सिता गाहाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रेस वक्तव्य
मिति:२०७१ फागुन १०
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ, पाल्पाको जिल्ला भेला सम्पन्न भएको छ । भेलाबाट पत्रकारहरुको हक आधिकारलाई समेट्दै आदिवासीको साझा सवाललाई उजागर गर्न निम्न लिखित निर्णयहरु गरी यो प्रेस वक्तव्य मार्फत जानकारी गरिएको छ ।
१) सरकारले जारी गर्न खोजेको नयाा आम सञ्चार नीति पुर्ण समावेशी बनाउन भेलाले माग गरेको छ ।
२) आदिवासी जनाजति पत्रकारहरुको क्षमता अभिवृद्धिको लागि राज्यले विशेष व्यवस्था गर्नु पर्ने ।
३) श्रमजिवी पत्रकार ऐन तत्काल लागु गर्न सवै सञ्चार माध्यमलाई आग्रह गर्दै सरकारलाई त्यसको अनुगमन गर्न दवाव दिने ।
४) आदिवासी जनजातिले उठाएको पहिचान सहितको संघीयता र संघीयता सहितको संविधान निर्माण गर्न राजनीतिक दलहरुलाई दबाव दिन यो भेला मार्फत निर्णय गर्दछ ।
५) राजनीतिक दलहरुले संविधान निर्माण प्रक्रियालाई आगाडि बढाउन नसकेको जनगुनासो आएकोले अव सवैको अपनत्व हुने संविधान जारी गर्न यो भेलाले जोडदार माग गर्दछ ।
६) आदिवासी जनजाति पत्रकारहरुको पेशागत संरक्षण र जीवन सुरक्षाको लागि सरकारसंग माग गर्न यो भेला निर्णय गर्दछ ।
७) आदिवासी जनजातिहरुको साझा सवाललाई सञ्चार माध्यमहरुले उचित स्थान दिनु पर्ने र आदिवासी जनाजाति पत्रकारहरुलाई सञ्चार माध्यममा क्षमता र योग्यताको आधारमा निर्णायक तहमा स्थान दिन यो भेला माग गर्दछ ।
………………
राजकुमार आले
अध्यक्ष
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ, पाल्पा ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %