एउटै गीतमा ७३ ‘आमा’

Read Time:2 Minute, 21 Second

मनोज घर्ती मगर
‘आमा’बारे थुप्रै कविता लेखिए । कथा लेखिएका छन् । गीत त कति हो कति । आमाको माया तुलना गर्नैै मिल्दैन । यहि भिडमा थपिएको छ अर्को नौलो आमा सम्बन्धी गीत । संचारकर्मी सरस्वती गुरुङले आमाको महिमालाई गीतमा उतारेकी छिन् । उनको गीतमा संगीत दिए, जयकुमारले । स्वर भरिदिईन्, गायिका रिमा गुरुङ‘होडा’ले । गीतकार सरस्वतीलाई यतिले पुगेन । ‘आमा’ बोलको गीतलाई भिडियोमा उतार्न तम्सिइन् । भलिबल खेलाडि तथा नायिका सिपोरा गुरुङले भिडियोको कन्सेप्टमा सरस्वतीलाई सघाईन् । र, उनै सिपोराको कन्सेप्टमा भिडियो छायांकन भयो ।

बजारमा छ्याप्छ्याप्ती आइरहेको भिडियोभन्दा नितान्त नयाँ प्रयोग गरेकी छिन् सरस्वतीले । सरस्वतीको गीतमा सिपोरा गुरुङ, मञ्जु गुरुङ, प्रतिक्षा गुरुङ, सुनयना पालिखे, सरस्वती गुरुङसगै ७३ जना महिलाले अभिनय गरेका छन् । गीतमा नेवार, गुरुङ, मगर, राई, थारु, बाहुन, क्षेत्री, शेर्पा, थकाली, तामाङ समुदायका आमाहरु आफ्नै पोशाकमा देखिएका छन् । भिडियोमा व्यवसायिक कलाकारलाई छाडेर साच्चिकैका आमाहरुलाई अभिनय गराईएको छ । सरस्वतीको गीति एल्बम ‘आमा’को गीत आमा तिम्रै अंश हु’ बोलको गीतको छायाकन सकिएसगै उनी एल्बमको प्रचारमा पनि अगाडि बढेकी छन् । चाडै नै एल्बम बजारमा आउने उनले बताईन् । एल्बममा १० वटा गीत समावेश गरिएको छ । भिडियोमा करिब चार लाख रुपैया खर्च भएको सरस्वती बताउछिन् । ‘गुणस्तरमा ध्यान दिएकाले केहि महगो प¥यो’ सरस्वती भन्छिन्–‘एउटा ऐतिहासिक भिडियो बनेकोले मलाई खुशि लागेको छ ।’ भिडियोलाई कृष्णकुमार गुरुङले निर्देशन गरेका छन् ।
तस्वीरः भूपाल गुरुङ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %