गोविन्द घर्ती
रुपन्देही फागुन १० । नेपाल आदिवासी जनजाति महासंघ देवदह नगर समन्वय परिषदद्धारा देवदहमा आयोजित ७ दिने पत्रकारिता तथा उद्घोषण तालिम सम्पन्न भएको छ । तालिमको समापन गर्दै देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश प्रसाद घिमिरेले आदिवासी जनजातिहरुले पत्रकारिता मार्फत आदिविासी जनजातिहरुको अधिकार स्थापित गर्न लाग्नु पर्ने बताए । आदिवासी जनजातिहरुलाई माथि उठाउन देवदह नगरपालिकाले समय समयमा विभिन्न खालका तालिमहरु सञ्चालन गरिने अधिकृत घिमिरेले बताए । अधिकृत घिमिरेले समाज परिवर्तनमा पत्रकारहरुको अह्म भूमिका हुने भएकोले त्यस तर्फ पनि सचेत हुनुपर्नेमा जोड दिए । अधिकार स्थापित गर्न आदिवासी जनजातिहरु नै अग्रुसर भएर लाग्नु पर्ने अधिकृत घिमिरेले सुझाए ।
महासंघ देवदहका अध्यक्ष बमबहादुर गुरुङ्गको अध्यक्षतामा भएको समापन कार्यक्रममा नेपाली कांग्रेस देवदहका सभापति दुर्गा बहादुर राना, एनेकपा माओवादी देवदहका अध्यक्ष कृष्ण ढकाल, नेकपा एमाले देवदहका उपाध्यक्ष खैराज शर्मा, राष्ट्रिय जनमुक्ति पार्टी देवदहका अध्यक्ष डम्बर बहादुर थापा, भुजेल सेवा समाज देवदहका अध्यक्ष राजु भुजेल, कुमाल सेवा समाज देवदहका अध्यक्ष शिव कुमाल, अपाङ्ग समाज सेवा केन्द्र देवदहका कोषाध्यक्ष गिता पाण्डे, रेडियो देवदहका स्टेशन म्यानेजर यम राना, समाचार प्रमुख भिम गुरुङ्ग, देवदह साप्ताहिकका सम्पादक रामबहादुर गुरुङ्ग, प्रकाशक त्रिलोचन दाहाल, आदिवासी जनजाति पत्रकार मञ्चका अध्यक्ष टेकबहादुर मास्की राना, वेद बहादुर थापामगर, प्रशिक्षार्थी विष्णु थापा, आशिष गुरुङ्ग, लगायतले आ–आफना भनाई राखेका थिए ।
महासंघका सचिव थमबहादुर बुढाथोकीको सञ्चालन र कार्यक्रम संयोजक कालुराम थापाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । गत चैत्र ४ गते देखि नेपाल आदिवासी जनजाति महासंघ देवदहको आयोजना र देवदह नगरपालिकाको सहयोगमा उक्त तालिम सम्पन्न भएको हो ।
