देब पचभैया
पाल्पा, चैत्र १० – पाल्पामा ३ सय बढी क्षयरोगी भेटिएका छन् ।
क्षयरोगीको संख्या गाउमा भन्दा जिल्ला सदरमुकाम र बिकशित गाबिसमा बढी रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जानकारी दिएको छ । जिल्ला सदरमुकाम तानसेनमा सबै भन्दा धेरै २० जना, रामपुर नगरपालीकामा १५ जना र मदनपोखरा गाबिसमा ८ जना ,दोभान गाबिसमा ६ जना क्षयरोगी भेटिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका क्षयकुष्ठ सहायक बिश्वनाथ न्यौपानेले जानकारी दिए ।
बस्ती बाक्लो हुने, क्षयरोगको जोखिम बढी हुने कामदार लगाएतका समुह शहरमै बस्ने भएकाले गाउ भन्दा शहरमा क्षयरोगको बढी जोखिम भएको न्यौपानेले जानकारी दिनुभयो । जनचेतनाको अभाबका गाउबाट क्षयरोगको परिक्षण गराउनेहरु कम भएकाले पनि गाउमा भन्दा शहरमा क्षयरोगीको सख्या बढी भएको स्वास्थ्य कर्मीहरुले बताएका छन् ।
यसै बिश्व क्षय रोग दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार जिल्ला कारागारमा रहेका बन्दीहरुको स्वास्थ्य परिक्षण गरेको छ । संकास्पद क्षयरोगीहरुको खकार परिक्षण गरेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले बताएको छ ।
