सुनचादी व्यवसायीको गुनासो

Read Time:3 Minute, 0 Second

गोविन्द घर्ती देवदह चैत्र ७
सुनचादी व्यवसायीहरुको समस्यालाई राज्यले वेवास्ता गर्ने गरेको सुनचादी व्यवसायी महासंघका केन्द्रीय सदस्य जोगलाल विश्वकर्माले बताएका छन । उनले राज्यसंग पटक पटक सुनचादी व्यवसायीहरुको समस्या समाधान गर्न आग्रह गरेपनि कुनै चासो नदिएको बताए । सुनचादी व्यवसायी संघ देवदह नगर शाखाको प्रथम अधिवेशनको उद्घाटन गर्दै उहाले उक्त कुरा बताएका हुन । विश्वकर्माले सुनचादी व्यवसायलाई मर्यादित बनाएर लैजान व्यवसायीहरुलाई आग्रह गरे ।

देवदह नगर शाखाका अध्यक्ष तिलक विश्कर्माको अध्यक्षतामा भएको कार्यक्रममा सुनचादी व्यवासायी संघका जिल्ला अध्यक्ष विक्रम बहादुर विश्वकर्मा, उपाध्यक्षद्धय हरी विश्वकर्मा, तेजप्रसाद विश्वकर्मा, सहकोषाध्यक्ष राजकुमार बर्मा, जिल्ला सदस्य एमवि विश्वकर्मा, किशोर सेन्चुरी, फर्साटिकर शाखाका अध्यक्ष जीवन गहतराज, बुटवल शाखाका अध्यक्ष दिपक विश्वकर्मा, तिलोत्तमा शाखाका अध्यक्ष पप्पु सेन्चुरी, सैनामैना शाखाका अध्यक्ष भुवन बराल, सकुन्तला विश्वकर्मा, केशव सराङ्गकोटी लगायतले बोल्दै सुनचादी व्यवसायीहरु एकजुट भएर अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा संस्थालाई स्थापनाकाल देखि सहयोग गरेको भन्दै संघका जिल्ला सदस्य एम वि विश्वकर्मा, महिला गालीगढ सकुन्तला विश्वकर्मा, जानकी विश्वकर्मालाई सम्मान गरिएको थियो । उपाध्यक्ष मोहन गहतराजको स्वागत र सचिव सुमन विश्वकर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

अधिवेशनले तिलक विश्वकर्माको अध्यक्षतामा ११ सदस्यीय नया कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा मोहन गहतराज, सचिवमा सुमन विश्वकर्मा, कोषाध्यक्षमा ईन्द्रबहादुर सुनार, सहसचिवमा केशव सराङकोटी रहेका छन । त्यसैगरी सदस्यहरुमा रोमबहादुर विश्वकर्मा, अर्जुनबहादुर मल्ल, रामबहादुर सुनार, भिमबहादुर सुनार, गुरुप्रसाद कुमाल, सहदेव विश्वकर्मा रहेका छन । अधिवेशनले शिवलाल सुनार, एकबहादुर विश्वकर्मा, सन्तलाल गहतराजलाई सल्लाहकारमा चयन गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %