दिपा आले मगर
काठमाडौं , चैत्र ६ – नेपाल मगर बौद्ध सेवा समाजको चौथो राष्ट्रि महाधिवेशन लुम्बिनीमा हुने भएको छ

सो अवसरमा “बौद्धहरुको आह्वानः शान्ति,धर्म निरपेक्षता सहितको संघीय लोक गणतान्त्रिक संविधान “भन्ने मूल नारासहित आयोजिक काठमाडौं -लुम्बिनी वृहत्त शान्ति यात्रा आज काठमाडौको विश्व शान्ति विहारमा विहान पुजाआजा गरी लुम्बिनी यात्रा गरेको छ ।

आज विहान भिक्षुहरुद्धारा प्रार्थना गरी बुद्धको पुजाआजा गरेको हो । उक्त काठमाडौं -लुम्बिनी वृहत शान्ति यात्राको शुभअवसरमा विहानै विश्व शान्ति विहारमा बौद्ध भिक्षु, मगर बौद्ध समाज, मगर अन्तर्राष्टिय मञ्चका संयोजक थर्क रानामगर, मगर महिला संघका केन्द्रीय अध्यक्ष गंगा खासु मगर, नेपाल मगर विद्यार्थी संघका केन्द्रीय समितिका निःवर्तमान अध्यक्ष रेनुका काउचामगर, वर्तमान अध्यक्ष दिपा आलेमगर भ्याली भित्र रहेका विभिन्न क्याम्पस समितिका मगर विद्यार्थीहरु लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रममा मगर संघका पूर्व अध्यक्ष एमबहादुर बुढाथोकीले वृहत शान्ति यात्राको अवसरमा शुभकामना ब्यक्त गरेका थिए । आज काठमाडौ बाट सुरु गरेको वृहत शान्ति यात्रा ७ गते लुम्बिनीमा पुग्नेछ । आज विहान विश्व शान्ति विहार बाट बानेश्वर बाटो सम्म सहभागीहरुले बुद्ध मूर्ति संगै पदल यात्रा गरी शुभकामना दिएका थिए । कार्यक्रम केन्द्रिय अध्यक्ष क्या.देउबहादुर राना मगरको अध्यक्षतामा सस्थाका महासचिब ईन्द्रबहादुर हुचिङ राना मगरले सन्चालन गरेका थिए ।

