लिम्बु र बाहुँनबीच मोर्चाबन्दी – फोटो फिचर सहित

Read Time:4 Minute, 27 Second

कुमार लिम्बु 

  काठमाडौं, चैत्र ५ – पूर्वराजावादी प्रेमबहादुर खाती नेतृत्वको खसान राष्ट्रिय संघर्ष समिति र कुमार लिङ्देन नेतृत्वको संघीय लिम्बुवान पार्टीबीच बुधबार सहकार्य घोषणा भएको छ । राजधानीमा एक कार्यक्रम गर्दै उनीहरुले प्रस्तावित राज्यस्तरको चुनाव आआफ्नो क्षेत्रमा आफैं लड्ने तर संघीय चुनावमा भने एउटै चिह्न लिएर लड्ने समझदारी गरेका छन् ।

संघीय लिम्बुवान पार्टी,नेपाल र खसान रास्ट्रीय संघर्ष समितीको तत्कालिन सहकार्यको कार्यसूची निन्मअनुसार रहने छन् :-

१ ,संघीय लिम्बुवान पार्टी ,खसान राज्य स्थापनाको लागि र खसान रास्ट्रीय संघर्स समितिले लिम्बुवान राज्य स्थापनाको लागि शशक्त ,सक्रिय र सबै खाले सहयोग गर्ने । जसको लागि खसान संघर्ष समितिका नेताहरुलाई लिम्बुवानको कार्यक्रममा सहभागी गराउने तथा संघीय लिम्बुवान पार्टी ,नेपालका नेताहरुलाई खसानको कार्यक्रमहरुमा सहभागी गराउने । आवश्यक परेमा रणनीति तय गरि साझा कार्यक्रमहरुको समेत आयोजना र कार्यान्यन गर्ने ।

 

२ ,संघीय लिम्बुवान पार्टी ,नेपाल खसान रास्ट्रीय संघर्ष समितिले संगठनात्मक सहकार्यको जगमा आदिबासी ऐतिहासिक पहिचान सहितको संघीय पक्षधर ताम्सालिंग ,लिम्बुवान ,खम्बुवान ,तमुवान ,मगरात ,खसान ,मिथिला /मधेस ,नेवा मण्डल ,थरुहट र शेर्पा आदि साथै देशभक्त प्रगतिशील राजनैतिक शक्तिहरुलाई क्रमस एकत्रितिकरण गर्दै रास्ट्रीय शक्ति निर्माण गर्न पहल गर्ने ।

३ ,खसान रास्ट्रीय संघर्ष समितिले खस समुदायलाई आदिबासिमा सुचिकृत गर्न गरिरहेको संघर्षलाइ संघीय लिम्बुवान पार्टी,नेपालले समर्थन गर्दै शशक्त सहयोग गर्ने ।

४ ,हामीले रास्ट्रीय शक्ति निर्माण गर्दा राज्य स्तरको चुनाब आ – आफ्नो क्षेत्रमा आ – आफै लड्ने र संघीय चुनाब मिलेर यौटै चुनाब चिन्हमा लड्न सकिने राजनैतिक संरचनाको अध्ययन गरि निर्माण गर्नेमा सहमत छौ ।

 

५ ,खसान राज्यका खस आदिबासी एबम सम्पूर्ण समुदायहरु र लिम्बुवान राज्यका लिम्बु एबम सम्पूर्ण समुदाय हरुको भाषा ,धर्म ,सस्कृति परम्परा र सभ्यताहरुलाई सम्मान र संरक्षण गर्दै जाने ।

६ ,हामी संघीय लोकतान्त्रिक गणतन्त्र ,धर्म निरपेक्ष र पूर्ण समानुपातिकको सिद्दान्त अङ्गीकार गरेको नेपाल अन्तर्गत ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मा निर्णयको आधिकार सहितको खसान र लिम्बुवान स्वायत्त राज्य स्थापना गर्न प्रतिबद्द रहदै पहिचानको लागि लडिरहेका सबै मित्र शक्तिहरुमा साथ् सहयोग र एक्यबद्दता जनाउने छौ ।

७ ,संघीय लिम्बुवान पार्टी ,नेपाल र खसान रास्ट्रीय संघर्ष समिति मेची देखि महाकाली सम्मको रास्ट्रीय सिमानाहरुको रक्षा गर्न प्रतिबद्द रहने छौ ।

प्रेमबहादुर खाती                           कुमार लिङदेन मिराक

संयोजक                                    अध्यक्ष

खसान रास्ट्रीय संघर्ष समिति             संघीय लिम्बुवान पार्टी ,नेपाल

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %