रूद्र श्रीसमगर
पोखरा, २ चैत्र – आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, नेपाल तमुवान प्रादेशिक समितिले यही चैत्र ४ गते पोखरामा गर्न लागेको विशाल जनसभामा नेपाल आदिवासी जनजाति विद्यार्थी महासङ्घ कास्कीले ऐक्यबद्धता जनाएको छ ।
जिल्ला समन्वय समितिको सोमबार पृथ्वीनारायण क्याम्पसमा बसेको चौथो नियमित बैठकले आदिवासी जनजाति आन्दोलनप्रति ऐक्यबद्धतासहित सक्रिय सहभागिता जनाउने निर्णय गरेको अध्यक्ष सुजनकुमार तामाङले जानकारी दिए ।
त्यसैगरी, बैठकले संगठन सुदृढीकरण तथा विस्तार अभियान सञ्चालन गर्ने भएको छ । संगठन सुदृढीकरणका लागि निकट भविष्यमै जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने सचिव प्रेम रोकामगरले जानकारी दिए ।
बैठकले पृथ्वीनारायण क्याम्पस समन्वय समितिको पाँचौं अधिवेशन यही चैत्र ११ गते गर्ने निर्णय गरेको छ । बैठकमा सल्लाहकार रूद्रबहादुर श्रीसमगरले विद्यार्थीहरूको शैक्षिक आन्दोलन र समग्र आदिवासी जनजाति आन्दोलनका बारेमा सुझाव तथा सल्लाह दिएका थिए ।
