रूद्रबहादुर श्रीस
कास्की,हाम्रो क्रान्तिकारी तथा प्रगतिशील पत्रकारहरूको साझा संगठन क्रान्तिकारी पत्रकार महासंघ, नेपाल कास्की शाखाका संस्थापक अध्यक्ष नारायण शाहीलाई मातृशोक परेको खबरले हामी स्तब्ध भएका छौं । वरभञ्ज्याङ–६, तनहुानिवासी पत्रकार शाहीका माता जमुना शाहीको ६८ वर्षको उमेरमा आज बिहान काठमाडौंको ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचारका क्रममा निधन भएकोमा मृतात्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछौं ।
………………………….
रूद्रबहादुर श्रीस
संयोजक
क्रान्तिकारी पत्रकार महासंघ, नेपाल
मिति : २०७१/११/२९
