विनोद रखाली मगर
वालिङ् ,फाल्गुन २८-नेपाल मगर वौद्ध सेवा समाज केन्द्रिय समिति, स्याङ्जा जिल्ला समिति, वालिङ् इकाई समितिको आयोजनामा नेपाल मगर संघ वालिङ्को सभाहलमा परित्राण शान्ति पुजा सम्पन्न भएको छ ।
फाल्गुन २६ देखि सुरु शान्ति पुजा ३ दिन सम्म सन्चालन भई फाल्गुन २८ गते समापन भएको हो । वौद्ध विहार काठमाडौँ देखि स्याङ्जा आएका भिक्षु सदानन्द महाअस्तवीर र भिक्षु परमारमु भन्तो द्धारा देशमा शान्ति, राजनितिक अस्थिरताको अन्त्य, सामाजिक सद्धभाव सहितको कामना गर्दै वौद्ध धर्म अनुशार प्रवचन, ध्यान तथा परित्राण पुजा गरीएको थियो ।
प्रवचनमा नेपाल आदिवासी जनजाती महासंघ स्याङ्जाका अध्यक्ष तेजवहादुर आले मगर , वौद्ध सेवा समाजका केन्द्रिय सल्लाहकार क्या.जगवहादुर थापा मगर , वौद्ध सेवा समाजका केन्द्रिय सदस्य सूर्यवहादुर थापा मगर , नेपाल वौद्ध सेवा समाज जिल्ला समिति स्याङ्जाका उपाध्यक्ष रनवहादुर थापा मगर , वालिङ् समाजका क्या. हर्षवहादुर थापा मगर , मगर वापा सु.धनवहादुर डाला मगर , जिल्ला सचिव ह.ना.सु.नारन थापा मगर समाजका कोषाध्यक्ष कृष्णमाया राना मगर , गल्याङ् समाजका सचिव मुक्तिश्वर राना मगर , लगाएतले वौद्ध धर्मको चर्चा गर्दै देशमा शान्तिको कामना गरे ।
प्रवचनमा स्याङ्जा जिल्लाका , सदरमुकाम, वालिङ् वजार , गल्याङ् वजार लगाएतका क्षेत्र देखि वौद्ध मार्गीहरुको वाक्लो सहभागीता रहेको थियो । विहान ९ वजे देखि सुरु भएको प्रवचन अपरांह ४ वजे सम्म सन्चालन भएको थियो । महादान पुजामा करीव रु.६० हजार सङ्कलन भएको थियो । नेपाल वौद्ध सेवा समाज स्याङ्जाका अध्यक्ष पदम गाहा मगरको अध्यक्षतामा सन्चालित पुजाको सन्चालन क्या.विश्व प्रकाश थापा मगर र तारा थापा मगरले गरेका थिए ।
