नेपाल मगर विद्यार्थी सङ्घले मनायो २१ औं स्थापना दिवस

Read Time:1 Minute, 39 Second

रूद्र श्रीसमगर

पोखरा, २७ फागुन

नेपाल मगर विद्यार्थी सङ्घको २१ औं स्थापना दिवस कार्यक्रम बुधबार पोखरामा एक कार्यक्रमको आयोजना गरी मनाइयो ।

नेपाल मगर विद्यार्थी सङ्घ गण्डकी अञ्चल समिति, कास्की जिल्ला समिति र पृथ्वीनारायण क्याम्पस समिति, पोखराको संयुक्त आयोजनामा पृथ्वीनारायण क्याम्पस पोखरामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरी सङ्घको स्थापना दिवस मनाइएको हो ।

कार्यक्रममा सङ्घका केन्द्रीय सदस्य कुमार पुनमगर, निवर्तमान केन्द्रीय सदस्य गोविन्द पुनमगर, पूर्व केन्द्रीय सदस्य एवं नेपाल मगर लेखक सङ्घका केन्द्रीय सदस्य रूद्रबहादुर श्रीसमगर, गण्डकी अञ्चल सचिव प्रेम रोकामगर, कास्की जिल्ला अध्यक्ष नेत्र घर्तीमगर, सहसचिव दिनेश रोकामगर, जिल्ला सदस्य मुकेश घर्तीमगर, पृथ्वीनारायण क्याम्पस समितिका अध्यक्ष विवेक थापामगर, उपाध्यक्ष कमला थापामगरलगायतले मगर विद्यार्थीहरूको हक, हित तथा शैक्षिक क्षेत्रका विविध समस्याहरूमाथि चर्चा गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %