एक महिना भित्र बिजुली बाल्न नसके जिल्ला छोड्नुस : सभासद पाण्डे

Read Time:4 Minute, 54 Second

देब पचभैया

पाल्पा, फागुन २७ – पाल्पा क्षेत्र नम्बर २ का सभासद सोम प्रसाद पाण्डेले डेढ बर्ष पहिले बिजुलीको खम्बा गाड्ने र तार तान्ने काम भएपनि बिजुली बाल्न नपाएका पाल्पाका चार गाबिसमा एक महिना भित्र बिजुली बाल्न जिल्लाबिकास समिति र बिधुत प्राधिकरण पाल्पा शाखालाई निर्देशन दिएका छन ।

बुधबार तानसेनमा स्थानिय उपभोक्ता, जिबिस र बिधुत प्राधिकरण पाल्पाका प्रमुखहरूलाई भेला गरेर सभासद पाण्डेले आफुले २ महिना भित्र जनतालाई बिजुली बाल्ने बाचा गरेको भन्दै जिबिस र प्राधिकरणले एक महिनामा बिजुली बाल्न निर्देशन दिए । जिबिस र बिधुत कार्यालयको आपसी झगडा र केही राजनैतिक दलहरुले भोट बढाउने खेलमा लाग्दा गाउका जनताले बिजुली बाल्न नपाएको उनको आरोप छ । एक महिना भित्र यो सबै काम टुङ्गयाउनु पर्छ, उनले भने “यदि तपाईहरुले काम गर्न सक्दैन भन्नुहुन्छ भने यो जिल्ला छोड्नुस, हामी अर्को मान्छे ल्याएर काम गराउछौ । ” आफैले सामान खरिद गरेकोले सामानको टेष्ट भएन, गुणस्तर भएन भनेर जिबिस र बिधु्रत प्राधिकरणले भन्न नमिल्ने उनको तर्क थियो ।  

जिल्ला बिकास समिति पाल्पाको सभाहलमा भएको  कार्यक्रममा निमित्त स्थानिय बिकास अधिकारी एबं प्रमुख जिल्ला ईन्जिनियर भिमार्जुन पाण्डेले आफुहरुले पटक पटक ताकेता गर्दा पनि बिधुत प्राधिकरणले हेलचेक्याई गरेको आरोप लगाए । उपभोक्ताहरुले खरिद  गरेको बिजुलीको खम्बा, तार र ट्रान्स फरमरको गुणस्तरीयता जाच गरेको प्रमाण बिधुत्त कार्यालयले माग गरेको र आफुहरुले एक बर्ष अघिनै पेश गरेपनि  बिधुत कार्यालयले काम अगाडी नबढाएको उनको भनाई थियो । 

कार्यक्रममा बिधुत्त प्राबिकरण पाल्पा बितरण केन्द्रका प्रमुख नवलकिशोर गोईतले जिल्ला बिकास समितले खरिद गरेको ट्रान्सफरमर, बिजुलीको तार र पोलको गुणस्तरको मापन गरेको रिपोर्ट आफुहरुले अहिले सम्म नपाएकोले बिजुली दिन नसकेको बताए । स्थानिय उपभोक्ताहरुले आफुहरुले ऋण खोजेर डेड बर्ष पहिले नै पोल गाड्ने, तार तान्ने काम सकेपनि जिबिसले बिधुत कार्यालय र बिधुत कार्यालयले जिबिस पठाउने गर्दा आफुहरुले धेरै दुख पाएको बताएका थिए ।  

जिबिस र बिधुत कार्यालय बिच आपसी तालमेल नमिल्दा बिजुलीको बिस्तार नभएको भन्ने छनक त्याहाको छलफल बाट पनि पुष्टी भएको थियो । कार्यक्रममै निमित्त स्थानिय बिकास अधिकारी भिमार्जुन पाण्डे र बिधुत्त प्राबिकरण पाल्पा बितरण केन्द्रका प्रमुख नवलकिशोर गोईतले आपसमा देशारोपण गरेका थिए । उनीहरुले एकले अर्कालाई हस्तक्षेप गरेको आरोप लगाएका थिए ।

बिधुत कार्याल र जिल्ला बिकास समितिले सामान खरिदमा कमिशनको लोभमा परेर एकले खरिद गरेको खामान प्रति अर्कोले बिश्वास नगरेकाले बिजुली बिस्तारमा ढिलाई भएको नागरिक समाजका अगुवाहरुले आरोप लगाएका छन् । पाल्पाको कोलडाडा, दोभान, जल्पा गाबिस लगाएतका केही वडाहरुमा ढेड बर्ष पहिलेनै पोल गाड्ने र तार तान्ने काम भएपनि अहिले सम्म बती बल्न नसकेको हो ।  

बिजुली बिस्तारमा देखिएको समस्या समाधानको लागी जिल्ला प्रशासन कार्यालयलको रोहबरमा पटक पटक सर्ब दलिय र सर्ब पक्षिय बैठक बसेपनि समस्या समाधान हुन सकिरहेको छैन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %