देब पचभैया
काठमाडौं, २२ फागुन – आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालले आज पहिचाँन यात्रा गरेको छ ।

पहिँचानसहितको संघीय संविधान निर्माणको पक्षमा गठन भएको आन्दोलन नेपालले तेस्रो चरणको कार्यक्रम अन्तर्गत शुक्रबार पहिचान यात्रा गरेको हो । पहिचान यात्रा राजधानीको सातदोबाटोदेखि कोटेश्वर, कोटेश्वर–गौशला, गौशला–चाबहिल, चावहिल–चक्रपथ, चक्रपथ – गोगंबुसम्म, नयॉबानेश्वर–स्वयम्भू, बल्खु–सातदोबाटो लगायतका क्षेत्रमा भएको हो । पहिचान यात्रामा किरात, नेवा, तमूवान लगायत विभिन्न जातीय संघ, संगठनहरुको सहभागीता रहेको थियो ।
आन्दोलन नेपालले तेस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत पहिचान यात्रा गरेको हो ।
