देब पचभैया
पाल्पा, फागुन २० – जिल्ला बिकास समिति पाल्पाले आर्थिक बर्ष २०७२-०७३ को लागी ४ अरब ९६ करोड ६२ लाख ७० हजार बजेट बिनियोजन गरेको छ ।
बुधबार तानसेनमा भएको २३ औ जिल्ला परिषद बैठकमा पाल्पाका स्थानिय बिकास अधिकारी कृण्ण प्रसाद पाण्डेले स्थानिय निकाय तर्फ ९३ करोड १३ लाख ५२ हजार र सरकारी तथा बिषयगत कार्यालयहरु तर्फ ३ अरब ७७ करोड २५ लाख ६६ हजार रकमको प्रस्ताब गरेका हुन । अधिकारीले गैरसरकारी तर्फ २६ करोड २३ लाख ५२ हजार प्रस्ताब गरेका छन । कुल बजेट मध्ये चालु तथा संचालन तर्फ ६६ करोड ४४ लाख ९५ हजार र पुजी गत तर्फ ४ अरब ३० करोड १७ लाख ७५ हजार रहेको छ ।कृषि शिक्षा स्वास्थ्य रोजगार पर्यटन सहितको पुर्बाधार भन्ने मुल नाराका साथ सम्पन्न भएको जिल्ला परिषद बैठकको भुमिसुधार मन्त्री दल बहादुर रानाले उद्घाटन गरेका थिए ।कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री रानाले समग्र जिल्लाको बिकासका लागी आफु सधै तत्पर रहेको बताए ।सहमतिकै आधारमा नया संबिधान निर्माण हुने उनको भनाई थियो । दोष्रो पटक भएको निर्बाचनका बिजेता सभासदहरुले संबिधान बनाएरै घर फर्किने भन्दै उनले पहिले दलहरु बिच न्युनतम सहमति भएर संबिधान जारी भए मात्रै त्यसले दिगोपन दिने बताए । प्रकृया अगाडि बढाउनको लागी पनि सहमति हुनै पर्नेमा उनले जोड दिएका छन ।
तानसेन स्थित जिल्ला बाल मन्दिरमा भएको कार्यक्रममा बोल्दै पत्रकार महासंघ पाल्पाका सभापति राजेश कुमार अर्यालले स्थानिय निकायको निर्बाचन हुन नसक्दा समग्र जिल्लाको अवस्था भद्रगोल भएको बताए । कार्यक्रममा गैरसरकारी महासंघ पाल्पाका अध्यक्ष भेषराज तिमिल्सिना, गाबिस राष्ट्रिय महासंघ पाल्पाका अध्यक्ष दामोदर घिमिरे, पाल्पा उधोग बाणिज्य संघका अध्यक्ष राजु मर्हजन, त्रिभुवन बहुमुखि क्याम्पस पाल्पाका क्याम्पस प्रमुख केशव शर्मा, तानसेन नगर पालीकाका कार्यकारी अधिकृत रामचन्द्र लामगादे, सुकुम्बासी समस्या समाधान आयोग पाल्पाका प्रमुख एक प्रसाद भण्डारी, जिल्ला बिकास समिति पाल्पाका पुर्ब अध्यक्ष झपेन्द्र जिसि, पुर्ब सांसदहरु यादब बहादुर रायमाझी, गभिर जंग कार्की, पुर्ब सभासद कुल प्रसाद नेपाल, नारायणी शर्मा, नेकपा माओबादीका गिर बहादुर थापा, अखण्ड नेपाल पार्टीका दिनेश रावल, राष्ट्यि जनमुक्ती पार्टीका केहर सिङ राना, राप्रपा पाल्पाका डुल बहादुर कुवर, नेकपा मालेका धनराज पौडेल, राष्ट्यि जनमोर्चाका बिशाल दर्लामी, एनेकपा माओबादीका नेत्र पाण्डे, एमालेका देबी बस्याल र नेपाली काग्रेसका बिर बहादुर रानाले बोलेका थिए ।
जिबिस पाल्पाको २३ औ जिल्ला परिषदको बैठकमा पाल्पा क्षेत्र नम्बर १ का सभासद राधाकृष्ण कडेल, क्षेत्र नम्बर २ का सभासद सोम प्रसाद पाण्डे, क्षेत्र नम्बर ३ का सभासद हरी प्रसाद नेपाल र समानुपातिक सभासद तुल्सा रानाले पनि समग्र जिल्लाको अवस्था र बिकास निर्माणको बारेमा बोलेका थिए । स्थानिय बिकास अधिकारी कृष्ण प्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा जिबिस पाल्पाका योजना तथा प्रसासकिय अधिकृत राजेश पन्थीले पाहुनाहरुको स्वागत गरेका थिए भने कार्यक्रमको संचालन बरिष्ठ कार्यक्रम अधिकृत दुर्गा थापाले गरेका थिए ।
मन्त्री र जिल्लाका सबै सभासद सहभागी भएको कार्यक्रममा पाल्पाका प्रमुख जिल्ला अधिकारी, प्रमुख जिल्ला ईन्जिनियर, शसत्र र जनपथ प्रहरीका प्रमुख हरुको भने सहभागीता रहेको थिएन ।
