होली पर्ब शुरु

Read Time:1 Minute, 30 Second

देब पचभैया

पाल्पा, फागुन २० – रङ्गै रङ्गको पर्बको रुपमा चिनिएको फागु पर्ब नेपालका पहाडी भागमा बिहिबार धुमधामका साथ मनाईदैछ । एक आपसमा अबिर दलेर र फागु गितमा  नाच गान गरेर मनाईने फागु पर्ब तराई  क्षेत्रमा भने शुक्रबार मनाउने तयारी छ ।
 
फागु पर्बको अवसरमा बिभिन्न स्थानमा बिभिन्न कार्यक्रमका आयोजना गरिएका छन् ।
गाउ गाउमा भने फागु गित गाउदै नाच गान गर्ने चलन रही आएको छ । मादल, खैजडी, मजुरा, ट्याम्को, डम्फु लगाएतका बाध्य बादन सहित फागु गित गाउदै नाच्दै फागु खेल्ने चलन छ ।

पहिले हरेका गाउ एबं टोल टोलमा नाचिने फागु नाच हिजो आज बिस्तारै हराउदै गएका छन् । फागु नाचको सस्कृतिलाई बचाउन केही संघ सस्थाहरु भने सक्रिय भएर लागेका छन् । तानसेनको कैलाशनगरमा पनि स्थानिय टोलबासीहरुले फागु गित गाएर नाच्दै रकम संकलन गरेका छन् । फागु नाचले सस्कृतिको रक्षा हुने र उठेको रकम बाट स्थानिय टोलको बिकास हुने भएकाले फागु पर्बलाई बचाउन लागीपरेको उनीहरुले बताएका छन् । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %