सोल / निश्चल काउचा ,
३ मार्च २०१५
नेपाल मगर संघ गणतन्त्र कोरियाको पहलमा संकलित रकम एसिड आक्रमणबाट घाईते भएकी संगीता पुलामी मगर र जिब्रोका रोगी बसन्त सिजाली मगरलाई रु एक / एक लाख हस्तान्तरण गरिएको छ । गत फाल्गुन १६ गते प्रथम अन्तराष्ट्रिय मगर सम्मेलनको अवसरमा संगीताकी आमा चमेली पुलामी मगरलाई पूर्व डी आई जी पार्वती थापा मगर र सक्रिय अगुवा मगर महिला तारा देवी थापा मगरले रु एक लाख हस्तान्तरण गरेका थिए । त्यसै गरि जिब्रोका रोगी बसन्त सिजालीलाई पनि रु एक लाख हस्तान्तरण गरिएको छ ।

बसन्तको उपचार भईरहेको अन्नपुर्ण न्युरो हस्पिटलमा पुगेर पूर्व डी आइ जी पार्वती थापा मगर र सक्रिय अगुवा मगर महिला तारा देवी थापा मगरले बसन्तका आमा हिमा सिजाली मगरलाई हस्पिटल परिसरमै गएर उक्त रकम् हस्तान्तरण गरेका थिए । सहयोग रकम संकलनमा सहजकर्ताको भूमिका खेल्ने संस्थाका सक्रिय सदस्यहरू हिक्मत पुलामी मगर, होबिर थापा मगर , राजु रासकोटी मगर र खड्ग थापा मगर र सिपी मगरलाई नेपाल मगर संघ गणतन्त्र कोरियाले धन्यवाद दिदै सहयोग गर्ने सम्पुर्ण दाताहरूलाई पनि आभार प्रकट गरेको छ ।

