नेपालीको समस्या समाधान गर्न अमेरिका तयार छः राजदुत बोडे

Read Time:3 Minute, 9 Second

देब पचभैया
पाल्पा, फागुन १९
नेपालका लागी अमेरिकी राजदुत पिटर डब्ल्यु बोडेले नेपालको हरेक क्षेत्रमा रहेका समस्या समाधानको लागी सहयोग गर्न अमेरिका तयार रहेको बताएका छन । शहरमा भन्दा गाउमा धेरै समस्या भएको भन्दै बोडेले पछिल्लो समयमा आफुहरुको सहयोग गाउ केन्द्रित भएको बताए । अमेरिकि दुतावास काठमाण्डौले मंगलबार देखि तानसेनमा शुरु गरेको चार दिने बृहत शैक्षिक मेलाको उद्घाटन गर्दै बोडेले नेपाल संगको सम्बन्धलाई नजिक बनाउनको लागी आफुहरु हर सम्भब सहयोग गर्न तयार रहेको बताए ।काठमाण्डौमा भन्दा नेपालका गाउ गाउमा जादा आफुलाई धेरै खुसि लाग्ने भन्दै बोडेले महिला शिक्षामा जोड दिदै बेरोजगारी समस्या कम गर्न अमेरिकाले हरेक क्षेत्रमार्फत सहयोग गरेको बताए । नेपालको समग्र क्षेत्रको बिकास निर्माण र स्वास्थ्य सेवालाई बिस्तार गर्न आफुहरुको सहयोग निरन्तर रहने बोडेको भनाई थियो । उद्घाटन शत्र पछि बोडेले बिधार्थीहरु संग बिधालयमा संचालन हुने अतिरिक्त कृयाकलापको बारेमा कुराकानी गरेका थिए ।
कार्यक्रममा बोल्दै पाल्पाका प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्कीले बिधार्थीको समग्र बिकासको लागी यस्ता अतिरिक्त कृयाकलापहरुले निकै फाइदा पुग्ने बताउदै पाल्पामा शैक्षिक प्रर्दशनी संचालन गरेकोमा आयोजकलाई धन्यबाद दिए । चार दिन सम्म चल्ने बृहत शैक्षिक मेलामा पुस्तक प्रदर्शनी, बिधार्थीहरु बिच बिभिन्न प्रतियोगितात्मक जानकारी, जलबायु परिबर्तन सम्बन्धी फोटो प्रदर्शनी, प्रबिधिक जानकारी, महिला हिंसाको अन्त्य, युवा नेतृत्वको बिकास, अमेरिकाको नागरिक अधिकार अभियान, बिज्ञान, खेलकुद, अमेरिका अध्ययन र अंग्रेजी शिक्षा सम्पन्धी प्रस्तुति रहने अमेरिकि पुस्तकालयका निर्देशक प्रकाश थापाले जानकारी दिएका थिए । तानसेन स्थित त्रिभुवन बहुमुखि क्याम्पसको प्राङगणमा चार दिन सम्म शैक्षिक मेला संचालन हुनेछ । मेलाको मंगलबार पहिलो दिनमा मात्रै शयौ बिधार्थी र शिक्षकहरुले मेलाको अवलोकन गरेका छन्

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %