देब पचभैया
पाल्पा , फागुन १५
पाल्पामा शु्क्रबार खाना महोत्सब सम्पन्न भएको छ । मखनटोल टोल बिकास सस्थाले तानसेनमा आयोजना गरेको खाना महोत्सबमा ४० बढी खानाका परिकार राखिएका थिए ।
मगरी ,नेवारी, ब्रामण क्षेत्री , मुस्लिम लगाएतका जातजातिका खानाका परिकार संगै सास्कृतिक कार्यक्रम पनि भएको थियो । तानसेनको तेस्रो सडकमा भएको सडक खाना महोत्सबमा गाउ गाउ बाट पनि सहभागी आएका थिए । पाल्पा घुम्न आएका बिदेशी पर्यटक अनि तानसेनबासीले पनि आज सडकमै खाना खाएका छन् ।

सडक खाना महोत्सबमा मगरी खाजाले धेरैको मन जितेको थियो । बंगुरको मासु, बटुक, सेल र मगरी भातलाई बिदेशी पर्यटकले पनि खुब रुचाएका थिए ।
