सुधार गृहमा बन्दीलाई सास्ती

Read Time:2 Minute, 7 Second

देब पचभैया

पाल्पा, फागुन १२ – पाल्पा कारागारमा बन्दीहरुले सास्ती पाएका छन् । साघुरो र भत्किन लागेको भवनमा बन्दी गृह संचालन गरिएकाले उनीहरुले दुख पाएका हुन् ।

बि.सं.१९८३ मा निर्माण भएको कारागारका पुराना भवनहरु अधिकांश जीर्ण र भत्कने अवस्थामा छन् । भवनहरु निकै जीर्ण भएकोले दलिनमा टेको लगाएर राखिएको छ ।
जिल्ला कारागारको बन्दी क्षमता ३ सय जनाको हो । यस वर्षको अन्त्यसम्म कैद तोकिएका ३ सय २५ र कैद नतोकिएका २७ जनाबन्दी गरी ७८ जना महिला र २७४ पुरुष सहितजम्मा ३ सय ६२ जना कैदी तथा बन्दी रहेका छन । यस बाहेक आश्रित ८ जना वालक र २ जना वालिका गरी जम्मा १० जना वालवालिका रहेका छन । आश्रित बालबालिकाहरुलाई सामाजिक संस्थाहरुको पहलमा सामान्य अनौपचारिक शिक्षा प्रदान गरिएपनि उनीहरुले औपचारिक शिक्षा लिन पाएका छैनन् ।
कारागार प्रमुख धिरेन्द्र पन्तले यी सबै बालबालिकाहरु ५ वर्ष मुनीका रहेकोले उनीहरुलाई संस्थाहरुसितको सहकार्यमा अक्षर चिन्ने बातावरण मिलाइएको बताए । कारागारमा पुरुष बन्दी गृह निर्माणका लागि ठेक्का सम्झौता भएको ४ वर्ष पूरा हुँदासम्म पनि भवन निर्माणको कामले गति लिन सकेको छैन । यसअघि महिला बन्दीहरु बस्दै आएका पुराना भवनहरु भत्काएर सोही ठाउँमा पुरुष बन्दी गृह बनाउने सहमति भएको पनि ४ वर्ष पूरा भएको छ तर अहिलेसम्म पनि पुरुष बन्दी गृह निर्माणको काम सुरु हुन सकेको छैन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %