सामाजिक कार्यमा जुट्दै मिस मगर

Read Time:2 Minute, 56 Second

रूद्र श्रीसमगर

पोखरा, ७ फागुन – सौन्दर्य प्रतियोगितामा सहभागी भएर उपाधि जित्ने र अन्य सहभागी प्रतियोगीहरू सामाजिक कार्यमा लागेको कमै मात्र छन् ।

(मिस मगर नेपाल–२०१४ की बिजेता उषा पाइजामगर)

   त्यसमा पनि आफ्नो मौलिक भाषा, धर्म, संस्कृति र भेषभूषाको संरक्षणका लागि भनी आयोजना गरिने जातीय सौन्दर्य प्रतियोगिताका बिजेता र प्रतियोगीहरूको खासै चर्चा भएको समेत पाइँदैन । तर, केही गर्छु भन्ने अठोट लिनेहरू पनि नभएका भने होइनन् । तिनै केही गर्छु भन्नेमा मिस मगरका बिजेता र प्रतियोगीहरूले आफूलाई उभ्याएका छन् ।

पोखरामा सन् २०११ देखि मिस मगर सौन्दर्य प्रतियोगिता सुरु गरिएको हो । मिस मगरको सन् २०११ देखि २०१४ सम्मका बिजेता र प्रतियोगीहरूले ‘मिस मगर युनिट’ नामक समूह बनाइ सामाजिक कार्यका लागि अभियान थाल्ने भएका छन् । मिस मगरहरू त्यसका लागि पहिलो चरणमा कोष निर्माणका लागि मगर कथानक चलचित्र ‘साली–भेना’को च्यारिटी शो गर्न कस्सिएका छन् ।

मिस मगर नेपाल–२०१४ की बिजेता उषा पाइजामगरको संयोजकत्वमा ‘मिस मगर युनिट’ बनाइ सो चलचित्रको च्यारिटी शो गर्न लागिएको हो । यही फागुन १६ गते बाराही चलचित्र मन्दिरमा गरिने च्यारिटी शोको आम्दानीबाट भलाइ कोष निर्माण गरी सामाजिक कार्यमा लगाइने मिस मगर नेपाल उषाले जानकारी दिए ।

सामाजिक क्रियाकलापमा युवा पुस्तालाई आकर्षित गर्ने, विकृति, विसंगतिविरुद्ध जनचेतना फैलाउने, मगर जातिको भाषा, धर्म, संस्कृति, परम्परा, रीतिरिवाज, भेषभूषा आदिको प्रचारप्रसार गर्ने उद्देश्यका साथ मगर सुन्दरीहरू च्यारिटी शोको तयारीमा जुटेका छन् । बाराही चलचित्र मन्दिरमा दिउँसो ३ बजेदेखि एक शो मात्र च्यारिटी शोका लागि समय राखिएको मिस मगर नेपाल उषाले बताईन । च्यारिटी शो हेर्नका लागि दुई सय, तीन सय र पाँच सय रुपैयाँ टिकट शुल्क राखिएको छ ।

यस अभियान सफल बनाउन मिस मगरहरूले सबैसँग सहयोगको अपेक्षा समेत राखेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %