गोविन्द घर्ती देवदह, फागुन ७, नैतिक शिक्षाले मात्र सामाजिक रुपान्तरण गर्न सकिने जिल्ला शिक्षा कार्यालय रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले बताए । समाज रुपान्तरणको लागि सकरात्मक सोचको आवश्यकता रहेको उनको भनाइ थियो । देवदह बुद्धपव्लिक ईङलिस बोडिङ्ग स्कुलको १३ औं बार्षिकोत्सव तथा अभिभावक दिवसमा बोल्दै उक्त कुरा बताएका हुन । कार्यक्रममा बोल्दै अधिकारी थापाले देवदह बुद्धपव्लिक ईङलिस बोडिङ्ग हाईस्कुलले शैक्षिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरे । थापाले गुणस्तरीय शिक्षाको लागि शिक्षकले प्रयास गरेर मात्र नहुने हुदा अभिभावक र विद्यार्थीहरुको समेत महत्वपूर्ण भूमिका हुने उनले थपे । विद्यायल संचालक समितिका अध्यक्ष कृष्णप्रसाद भूषालको अध्यक्षतामा भएको कार्यक्रममा प्याव्सन रुपन्देहीका अध्यक्ष सुदीप केसी, शिक्षक अभिभावक संघका अध्यक्ष तुल्सीराम शर्मा, ईप्सा रुपन्देहीका सल्लाहकार रामबहादुर गुरुङ्ग, केरवानी उपस्वास्थ्य चौकीका ईन्चार्ज ईश्वरी ढुगाना, नेपाल राष्ट्रिय शिक्षक संगठनका खेमानन्द ज्ञवाली, नेपाली काग्रेसका दुर्गाबहादुर राना, नेकपा एमालेका केशव भट्टराई, राप्रपा नेपालका तुल्सीराम काफ्ले, कोलिय बचत तथा ऋण सहकारी संस्थाका सुवकान्त न्यौपाने, अन्नपुर्ण बोडिङ्गका गणेश डुम्रे, जागेश्वर पंगेनी, ऋषिराम लामिछाने, शोभा घिमिरे लगायतले बोल्दै शैक्षिक विकासमा नीजि विद्यालयको महत्वपूर्ण भूमिका रहेको बताएका थिए । कार्यक्रममा पत्रकारिताको माध्यमबाट शैक्षिक क्षेत्रमा योगदान पुर्रयाए वापत देवदह साप्ताहिकका त्रिलोचन दाहाल र रेडियो देवदहका गोविन्द घर्तीलाई सम्मान गरिएको थियो । त्यसैगरी कार्यक्रममा प्रवेशीका परिक्षामा पास भएका विद्यार्थी, विद्यालयका शिक्षक, कर्मचारी, अभिभावकलाई पनि सम्मान गरिएको थियो । शैक्षिक सत्र २०७० र विद्यालयमा आयोजित विभिन्न प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । भूमिकला खनाल नारायण भण्डारीको संचालनमा भएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल कृष्णप्रसाद गैरेले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न सांस्कृतिक तथा विज्ञान प्रदर्शनी गरिएको थियो ।
नैतिक शिक्षाले मात्र सामाजिक रुपान्तरण : जिसीअ
Read Time:3 Minute, 36 Second
