देब पचभैया
पाल्पा, फागुन ६ – खानीगाउ निमाबि कल्लाबारी पाल्पाले मंगलबार ५१ औ बार्षिक उत्सब एबं अभिभावक दिवस मनाएको छ ।
दिवसको अवसरमा बिधालयले ब्यवस्थापन समितिका पुर्ब अध्यक्षहरु यमनारायण पाण्डे, कृष्ण थापा र बिरबहादुर रानालाई सम्मान गरेको छ भने बिभिन्न ब्याक्तिहरुले स्थापना गरेका बिधार्थी छात्रबृतिहरु बितरण गरेको छ । बार्षिक उत्सबको अवसरमा आयोजित खेलकुद प्रतियोगिता एबं बिभिन्न चरणका परिक्षाहरुमा उत्कृस्ट हुने बिधार्थीहरुलाई पुरस्कृत गरिएको छ ।
बिधालयको ५१ औ बार्षिक उत्सवको अवसरमा बिधालय ब्यवस्थापन समितिका पुर्ब अध्यक्ष एबं नेपाली काग्रेस पाल्पाका सभापति बिरबहादुर रानाले समय अनुसार बिधार्थीहरुको पठन पाठनलाई पनि परिबर्तन गर्नुपर्नेमा जोड दिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका रानाले बिधार्थीलाई पढाउनु पहिले शिक्षकले पढ्न आग्रह गरे । शिक्षकले लिएको प्रमाणपत्रले बिधार्थीलाई पढाउने होईन, उनले भने समय अनुसारको शिक्षा र सिकाई हुनुको लागी पहिले शिक्षकनै सक्षम हुनुपर्छ ।
पछिल्लो समय शिक्षामा निजि क्षेत्रको लगानीले प्रतिस्पर्धाको बाताबरण सिर्जना गरेको भन्दै उनले निजि बिधालयमा छोरा छोरी पढाउने अभिभावकले भन्दा सरकारी बिधालयमा छोरा छोरी पढाउने अभिभावकहरुले बालबच्चाको पढाईको बारेमा चासो नदिएको बताए ।
कार्यक्रमका बिशिष्ट अतिथि जिल्ला शिक्षा कार्यालय पाल्पाका बिधालय निरिक्षक लक्ष्मी कुवरले शिक्षक, बिधार्थी र अभिभावकको एकताले मात्रै बिधालयको पढाई स्तरिय बनाउन सकिने बताए ।
बिधालयको पठन पाठन र गुणस्तरीयतामा कमी आउन नदिन सरकारी बिधालयहरुलाई शामुदायमा हस्तान्तरण गरिएको भन्दै बिधालय निरिक्षक कुवरले बिधालयको प्रगती र उन्नतिमा स्थानिय समुदायहरुको ठुलो हात हुने बताए । सरकारी बिधालय र शिक्षकहरुलाई राज्यले करोडौ लगानी गरेपनि आसातित सफलता पाउन नसकेको भन्दै उनलेउहाले तालिममा लिएका कुराहरु कक्षा कोठामा प्रयोग गर्न शिक्षकलाई आग्रह गरे ।
बिधालयको ५१ औ बार्षिक उत्सव एबं अभिभावक दिवसको अवसरमा बिधालयका प्रध्यानाध्यापक यम लाल गैरेले ३३ लाख बढीको आय ब्यय प्रस्तुत गरे । बार्षिक कार्य प्रगती र आगामी दिनका योजनाहरु पेश गर्दे उनले बिधालयलाई प्रतक्ष्य वा अप्रतक्ष्य रुपमा सहयोग पुर्याउनेहरुलाई धन्यबाद दिदै थप सहयोगको अपेक्षा गरे । कार्यक्रममा सोही बिधालयका पुर्ब प्रध्यानाध्यापक लेखबहादुर थापा, पुर्ब शिक्षक जितबहादुर क्षेत्री, कृष्ण उच्च माबि पिपलडाडाका शिक्षक डिल्ली गैरे, खानीगाउ निमाबि दैलातुङ्गका शिक्षिका उमा सोमै, अक्षयकोष दाताहरुको तर्फबाट नेत्र गैरे, शिक्षक अभिभावक संघका अध्यक्ष खिकबहादुर रेश्मी, अभिभावक खड्गबहादुर थापा, चन्द्र उच्च माबि चाप्पानीका शिक्षक उमेश न्यौपाने, बेद उच्च माबि बराङ्गदीका प्रअ डिल्ली पाण्डे,चाप्पानी स्रोत केन्द्रका लक्ष्मण अधिकारी, श्रीनगर एफ, एमका स्टेशन म्यानेजर देब पचभैया लगाएतका बक्ता हरुले बिधालयको थप प्रगतिको कामना गरेका थिए ।
कार्यक्रममा चन बहादुर साठीघरेले स्वर्गिय फुपुको सम्झनामा १० हजार र स्वर्गिय डण्डपानी गैरेको सम्झनामा उहाका श्रीमतीले ५ हजार रुपियाको अक्षयकोण प्रदान गर्नुभएको छ । बिधार्र्थीहरुले नृत्य र पिटि प्रर्दशन गर्दे अभिभावक र अथितिहरुलाई मनोरन्जन प्रदान गरेका थिए । लोक तथा दोहोरी गायक सुमन गैरे लगाएतका कलाकारहरुले गित गाएर कार्यक्रमका सहभागीलाई नचाएका थिए ।
२०२१ साल कार्तिक ९ गते सोमीको रुखमुनि पढाउन शुरु गरेको खानीगाउ निमाबि कल्लाबारीले अहिले सम्म चार वटा भवन र दुईटा शौचालय निर्माण गरेको छ । कम्प्युटर कक्षा र पुस्तकालय सहित कक्षा १ देखि ५ सम्म अग्रेजी भाषामा कक्षा संचालन गर्दै आएको कल्लाबारी स्कुलमा १ सय २६ जना बिधार्थीहरुले पढ्दै आएका छन् ।
कार्यक्रममा बिधार्थीहरुको तर्फबाट बोल्दै कक्षा ८ की छात्रा श्रृष्टी गैरेले आफुहरुले कक्षा ८ पास गरेपछि माबि तह पढ्नको लागी निकै टाढा जानुपर्ने भन्दै कल्लाबारी बिधालयलाई नै माध्यमिक तह सम्म बढाउन सके बिधार्थी र अभिभावकहरुलाई पनि धेरै सजिलोहुने बताएका थिए ।
बिधालय ब्यवस्थापन समितिका अध्यक्ष हर्षबहादुर पचभैयाको अध्यक्षतामा सम्पन्न बार्षिक उत्सब एब अभिभावक दिवसका पाहुनाहरुलाई शिक्षिका धनी गैरेले स्वागत गरेका थियो भने कार्यक्रमको शिक्षक नायक नलबहादुर साठीघरे र हरी गैरेले संचालन गरेका थिए ।
