राष्ट्रिय आन्दोलनका संयोजक तुलाधर नेतृत्वको आन्दोलन चर्कियो

Read Time:7 Minute, 20 Second

फोटो सौजन्य:- जुनु पुन मगर
कृष्ण सारू मगर

काठमाण्डौ,५-फाल्गुण –आदिवासी जनजाति आन्दोलनका अगुवा पद्मरत्न तुलाधर समेतको ३० दलीय गठबन्धनको मोर्चाले जनसभामा घोषणा गर्दै राष्ट्रिय आन्दोलनका संयोजक पद्मरत्न तुलाधरको नेतृत्वले तेस्रो चरणमा प्रवेशमा मौलिक पहिचान झल्किने भेष-भुषा सहित विविध साँस्कृतिक झाँकी सहित सहभागी हुने देश व्यापीरूपमा पहिचान यात्रा गर्ने घोषणा ग-यो ।
भने सोही ३० दलीय मोर्चाले पहिचान सहितको संघीय संविधान निर्माणमा दबाव दिनका लागी अन्तरकृया तथा छलफलको क्रममा अझ प्रभावकारी बनाउने हेतुले काठमाडौं केन्द्रीत राष्ट्रिय आन्दोलन लाई तिब्र गतिमा छलफल हुने बताएको छ । जस अन्तर्गत ४-फाल्गुण दलित, खस, मुस्लिम र मधेसी नागरिक समाजहरु सँग बैठक र सहकार्यको घोषणा गर्ने कार्यक्रमका लागि निर्देशन समितिका मल्ल के सुन्दर, परशुराम तामाङ र सुरेश आले मगर लाई जिम्मेवारी तोकिएको छ ।
त्यस्तै ६-फागुन उद्योग व्यवसायीहरु सँग समन्वयका लागी आदिवासी जनजाति राष्ट्रिय आन्दोलनका संयोजक पद्मरत्न तुलाधर निर्देशन समितिका सदस्यहरु वर्षमान पुन मगर, ‘अनन्त’ अशोक राई र देव गुरुङलाई बैठकले जिम्मेवारी तोकेको छ । १०-फाल्गुणका दिन जनजाति संघ संस्थाहरु संग अन्तरक्रिया गर्नका लागि पासाङ शेर्पा, आङकाजी शेर्पा, नर बहादुर गुरुङ, जिएस गुरुङ र नरेश ताम्राकार लाई जिम्मेवारी तोकिएको छ ।

१४-फाल्गुण आदिवासी जनजाति युवा दस्ता लाई प्रशिक्षण र काठमाडौंको वसन्तपुरमा बिहान ११ बजे “मार्चपास,, गराइने कार्यक्रमले तय गरेको छ । सो कार्यक्रमका निमित्त पुन: पासाङ शेर्पा, नर बहादुर गुरुङ, निर्मल तामाङ र जिएस गुरुङलाई जिम्मेवारी तोकिएको छ । १६-फागुन आयोजना गर्ने जनसभामा सहभागिता हुने निर्णय समेत गरेको छ ।

यसै गरी १८-फागुन अन्तर्राष्ट्रिय स्तरमा सँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ । उपत्यका चक्रपथ पहिचान यात्रा काठमाडौं उपत्यकामा भने २२-फागुन चक्रपथ परिक्रमा सहितको पहिचान यात्रा सम्पन्न गरिने आन्दोलनले निर्णय गरेको छ । सो कार्यक्रम अन्तर्गत कलंकी देखी बल्खु सम्म मगरात प्रदेशले, बल्खु देखि सातदोबाटो सम्म लिम्बुवान प्रदेशले, सातदोबाटो देखि कोटेश्वर सम्म नेवाः प्रदेशले पहिचान यात्रा र कोण सभा गर्ने छन् ।
त्यस्तै कोटेश्वर देखी चाबहिल सम्म किराँत तथा खम्बुवानले, चाबहिल देखि नारायण गोपाल चौक सम्म शेर्पा र थरुहट प्रदेशले, नारायण गोपाल चौक देखि माछापोखरी सम्म ताम्सालिङ प्रदेश र माछा पोखरी देखि कलंकी सम्म तमुवान र अल्पसंख्यक समुदायले पहिचान यात्रा र बृहत कोणसभा गर्ने निर्णय भएको छ  । भने पहिचान यात्रालाई निरन्तरता दिदै आदिवासी जनजाति राष्ट्रिय आन्दोलन अन्तर्गत पूर्वीय र पश्चिम नेपालमा निर्णय तपशिल समयमा पहिचान यात्रा र जनसभाको आयोजना गर्ने पनि आन्दोलनले निर्णय गरेको छ । जस अन्तर्गत पश्चिमको धनगढीमा २७- फागुन बर्दियाको गुलरियामा २८-फाल्गुण दाङ्गको घोराहीमा २९-फाल्गुण र बुटवलमा ३०-फाल्गुण पहिचान यात्रा र जनसभा सम्पन्न गरिने बताए ।
भने यता पूर्वको झापाको बिर्तामोडमा फागुन २७ गते, मोरङको उर्लाबारीमा २८-फाल्गुण सुनसरीको धरानमा २९-फाल्गुण सर्लाहीको लालबन्दीमा र बाराको निजगढमा ३०-फाल्गुण र मकवानपुरको हेटौंडामा १-चैत पहिचान यात्रा र जनसभा सम्पन्न हुने आदिवासी जनजाति राष्ट्रिय आन्दोलन अन्तर्गत प्रचार प्रसार आन्दोलन कार्यक्रम लाई प्रभावकारी बनाउन फाल्गुण मसान्त सम्म देशै भरी पर्चा, पम्फ्लेटिङ, भित्ते लेखन र विभिन्न सञ्चार माध्यमहरु बाट प्रचार-प्रसार गर्ने आदिवासी जनजाति राष्ट्रिय आन्दोलनले निर्णय गरेको छ । त्यस्तै प्रदेश, स्वायत्त क्षेत्र, विशेष स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र, जिल्ला तथा प्रवासहरुमा समिति गठन गर्ने र प्रशिक्षणहरु सन्चालन गर्ने निर्णय भएको छ ।
जनप्रदर्शन तथा सभा आदिवासी जनजाति राष्ट्रिय आन्दोलनले २६-फाल्गुण काभ्रेको बनेपामा जनप्रदर्शन र सभा आयोजना गर्ने निर्णय गरेको छ । त्यसका निम्ति परशुराम तामाङ, नरेश ताम्राकार र सूर्यमान दोङ र निर्मल लामा लाई जिम्मेवारी दिइएको छ । त्यस्तै ४-चैत्र पोखरामा गरिने जनप्रदर्शन र सभाको लागी आन्दोलनका प्रवक्ता डाक्टर ओम गुरुङ, वर्षमान पुन मगर ‘अनन्त’, राजकाजी गुरुङ, गणेश गुरुङ, पान बहादुर भुजेल, तमु ह्यूल छोजधिंका प्रतिनिधि लाई जिम्मेवारी दिइएको छ । ७-चैत्र ललितपुरको मंगलबजारमा गरिने बृहत् जनप्रदर्शनका लागी आन्दोलन निर्देशक समिति र सचिवालयलाई जिम्मेवारी दिइएको नेपाल आदिवासी जनजाति यूवा महासंघका उपाध्यक्ष, संघिय यूवा संघ नेपाल, मगर खेलकुद संघका वरिष्ठ उपाध्यक्ष तथा ढोरपाटन स्पोर्ट ट्रेडिङ क्लव समेतमा आवद्ध रहेकी यूवा नेत्री जुनु पुन मगरले बताइन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %