अब महिलाले पर्खिदैनन्, न्याय नपाई फर्किदैनन् ।

Read Time:3 Minute, 27 Second

दिपा आले मगर

नेपालगन्ज , २ फागुन – महिला तथा बालिका माथी हुने सबै खाले हिंसाका विरुद्ध नेपालगन्जमा उर्लेर, नाचेर खबरदारी कार्यक्रम गरिएको छ ।  

  क्रान्तिका लागि उलर्दो सय करोड अभियान भन्ने नाराका साथ नेपालगन्जको त्रिवेणीमा मोडमा सहभागी भएका मानवअधिकार तथा महिला बालकालिकाका क्षेत्रमा काम गर्ने अधिकारकर्मी, नागरिक समाजले एक मिनेट सिठी बजाएर र स्वतर्फुत नाचेर खबरदारी गरेका हुन ।  

रुपान्तरणका लागि सय करोड अभियान २०१५ लाई सफल पार्न यस क्षेत्रमा प्रचलित थारु संस्कृतिको बेजोड प्रस्तुती गरिएको थियो । अब महिला पर्खिदैन न्याय नपाई फर्किदैन, महिला हिंसा अन्त्य गरौ शुन्य सहनशिलता कायम गरौ, महिला अत्मसम्मान कायम गरौ लगायतका विभिन्न चेतनामुलक नारा लेखिएको प्लेकार्ड प्रदर्शन गर्दै महिला हिंसाका विरुद्धमा एक्यबद्धता जनाएका थिए ।

  विश्वव्यापी अभियानको रुपमा रहेको न्यायका लागि उलर्दो सय करोड अभियानमा रातो गुलाफ वितरण संगै महिला तथा किशोरी माथी हुने सबै खाले हिंसा अन्त्यको प्रतिवद्धता ब्यानरमा हस्ताक्षर संकलन समेत गरिएको थियो ।  

खबरदारी सभालाई सम्बोधन गर्दै राष्ट्रिय मानवअधिकार अयोगका क्षेत्रीय प्रमुख मुरारी खरेलले जबसम्म प्रत्येक व्यक्ति जागरुक हुदैनन तबसम्म महिलामाथी हुने हिंसामा कमी नआउने भन्दै सबैको एक्यबद्धता आवश्यक रहेकोमा जोड दिए । अभियानलाई सफल पार्न काँधमा काँध जोडेर अघि बढ्न आह्वान गर्दै प्रमुख खरेलले सबै नागरिकको समान अधिकार स्थापित गर्नका लागि पनि महिला तथा किशोरी माथी हुने हिंसा न्युनिकरणमा आजै देखि लागि पर्न अनुरोध गरे ।  

  यस अभियानको सुरुवात लेखिका, अभिनेत्री र अभियन्ता इभ एन्सलर र उनको भि–डे नामक संस्थाले गरेको हो । यस अभियानमा १६० देशहरू आबद्घ भइसकेका छन् । विश्वका अन्य देशहरुमा जस्तै दक्षिण एसिया भरी नै यो अभियान व्यापक भईरहेको छ । उर्लदो सय करोड अभियानको आव्हान सन् २०१२, फेब्रुअरी १४ बाट शुरु गरिएको थियो जुन विश्वमा ३ मध्ये १ महिला आफ्नो जीवनकालमा बलात्कार वा घरेलु हिंसामा पर्ने गरेका छन् । जसअनुसार विश्वको कुल जनसंख्या ७ सय करोडमध्ये १ सय करोड भन्दा बढि महिला तथा बालिकाहरु आफ्नो जीवनकालमा बलात्कार वा घरेलु हिंसाको शिकार हुने अनुमान छ ।

खबरदारी कार्यक्रम सञ्चालन समाजसेवी उमा थापामगरले गरेका थिए ।

  

 

  

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %