देब पचभैया
पाल्पा, फागुन ३ – शिवरात्रीको अवसरमा पाल्पाको बराङ्गदीमा दुई दिने महाशिवरात्री एबं शिवासन महोत्सब हुने भएको छ ।
महोत्सब संगै बराङ्गदी ९ मेहालटुप्पा स्थापना गरिएको बिश्वकै ठुलो ठानिएको शिवको मुर्तिको पनि शिलान्यास गरिने बताईएको छ । आईतबार बिहान मन्दिर प्राङगढमा पत्रकार सम्मेलन गरी दिईएको जानकारी अनुसार सोमबार र मंगलबार बिबिध कार्यक्रमको आयोजना गरी महोत्सब सफल पार्ने योजना रहेको महोत्सब प्रचार प्रसार उपसमितिका संयोजक हरी अर्यालले जानकारी दिए ।
सोमबार बिहान रक्तदान, प्रवचन, दिउसो राष्ट्रिय कलाकारको साथमा सास्कृतिक कार्यक्रम र बेलुकी शिवसाधना तथा भजनकृतन गरीने कार्यक्रम छ ।
महोत्सको दोश्र्रो दिन मंगलबार बिहान शिवरात्री पुजा, झाकी सहित कलश यात्रा, हेलिकोप्टर बाट पुष्प बृक्ष , दिउसो एक करोड दिप प्रज्वलन र पितृको नाउमा लाखबत्ती बाल्ने र मुख्य सचिब लिलामणि पौडेल बाट शिब मन्दिरको शिलान्यास कार्यक्रम राखिएको आयोजकले बताएका छन् ।
२८ कुईन्टल सुद्ध तामा र पित्तलको धातु बाट निर्माण गरिएको शिवको रुप मध्ये ध्यान मुद्रामा बसेको शिवको महामृतुन्जय मुर्ति बिश्वकै ठुलो भएको मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष माधब बस्यालले जानकारी दिए ।
