नेपालमा बोलिने सम्पूर्ण भाषालाई राष्ट्रिय भाषाको मान्यता दिनु पर्ने

Read Time:3 Minute, 24 Second

गोविन्द घर्ती

रुपन्देही २ फागुन । पहिचान, अस्तित्व र अधिकारको लागि संघीयता सहितको संविधान आवश्यक रहेको संविधान सभाका उपसभामुख ओनसरी घर्तीले बताए । घर्तीले नेपालमा बोलिने सम्पूर्ण भाषालाई राष्ट्रिय भाषाको मान्यता दिनु पर्नेमा जोड दिएका थिए । उपसभामुख घर्तीले समानुपातिक निर्वाचन प्राणाली विना आदिवासी जनजाति, पिछडा बर्ग, दलितहरुको अधिकार स्थापित हुन नसक्ने हुदा जातिय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व कायम गर्नुपर्नेमा जोड दिए ।
प्रथम सहिद लखन थापामगर अक्षयकोष रुपन्देहीले १ सय ३८औं लखन थापा स्मृति दिवसको अवसरमा बुटवलमा आयोजित सभालाई सम्वोधन गर्दै घर्तीले उक्त कुरा बताएका हुन । उपसभामुख घर्तीले बहुमति र अल्पमतको आधारमा नभई सहमतिय आधारमा संविधान निर्माण हुनु पर्नेमा जोड दिए । घर्तीले प्रथम सहिद लखन थापाले जहानिया निरंकुश राणा शासनको विरुद्धमा देशको लागि आहुती दिएकाले अहिले प्रजातन्त्र र गणतन्त्र ल्याउन सजिलो भएको बताउदै राज्यले लखन थापालाई प्रथम सहिदको दर्ज्यानी दिनु पर्ने बताए । सहिद लखन थापाले राणा शासन विरुद्ध आन्दोलन छेड्न शुरुवात नगरेको भए नेपालमा प्रजातन्त्र र गणतन्त्र आउन नसक्ने बताउदै राज्यले सहिदलाई सम्मान गर्नुमा जोड दिए ।
प्रथम सहिद लखन थापामगर अक्षयकोष रुपन्देहीका अध्यक्ष माथवर सिं सलामीको अध्यक्षतामा भएको कार्यक्रममा सभासद तथा राष्ट्रिय जनमुक्ति पार्टीका बरिष्ठ उपाध्यक्ष शिवलाल थापा, बुटवल उपमहानगरपालिकाका अधिकृत डोलराज पौडेल, ब्राहमण समाजका तिलक आर्चाय, नेपाल मगर संघका जिल्ला अध्यक्ष दलबहादुर विरकट्टा, राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देहीका अध्यक्ष झमबहादुर गुरुङ्ग, छत्रबहादुर दर्लामी लगायतले आ–आफना भनाई राखेका थिए ।
सोही अवसरमा प्रथम सहिद लखन थापामगर अक्षयकोष रुपन्देहीले उपसभामुख ओनसरी घर्तीलाई लखन थापालाई प्रथम सहिद घोषण गर्नु पर्ने, फागुन २ गतेलाई सहिद सप्ताह शुरु गर्नुपर्ने, सहिद लखन थापाको वारेमा पाठयक्रममा समावेश गर्नु पर्ने लगायतका विभिन्न माग राखि ज्ञापन पत्र बुझाएको छ । कमला पुनको स्वागत र कमल थापाको संचालन भएको कार्यक्रममा विभिन्न जातिय झाकी सहित ¥याली प्रदर्शन गरिएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %