मगरात जातिय राज्य हैन पहिचान : रोकामगर

Read Time:6 Minute, 47 Second

फोटो फिचर सहित,देविका घर्तीमगर

  दाङ, फागुन २ – नेपालका प्रथम शहिद लखन थापाको १३८ औं स्मृति दिवस शनिवार विबिध कार्यक्रम गरी मनाइएको छ । नेपाल मगर संघ दाङको आयोजनामा १३८ औं प्रथम शहिद लखन स्मृती दिवस विविध कार्यक्रम गरी मनाइएको हो ।    

लखन दिवकिो अवसरमा शनिवार बिहान घोराहीनगरपालिका–२ गुलरियास्थित लखन पार्कमा रहेको लखन थापाको शालिकमा माल्यार्पण गरिएको थियो । यस्तै मल्यार्पणपछि ब्यानर, पम्पलेटसहितको र्यालीद्धारा लखन थापालाई औपचारिक रुपमा राज्यको तर्फबाट प्रथम शहिद घोषणा गर्न माग गर्दै बजार गरिक्रमा गरिएको थियो ।

  घोराहीस्थित नेपाल मगर संघको कार्यालयबाट शुरु भएको र्यालीले घोराहीबजारको विभिन्न चोकहरु परिक्रमा गरी पुनः कार्यलयमा पुगेर सभामा परिणत भएको थियो । वि.स. १८३५ सालमा गोरखा जिल्लाको काउले भञ्ज्याङमा जन्म भएको थियो । लखन थापाको जन्म राणा शासनविरुद्ध बिद्रो गरेका उनलाई फागुन २ गते , १९३३ सालमा गोरखाको मनकामना मन्दिर परिसरमा झुण्ड्याएर मृत्युदण्ड गरिएको थियो । यद्यपी नेपाल सरकारले २०५८ सालमा नेपाल मगर संघलगायतका संघसंस्थाको लामो पहलपछि मात्र औपचारिकरुपमा शहिद घोषणा गरेको हो ।    

  लखन स्मृति दिवसको अवसरमा आयोजीत सभालाई सम्बोधन गर्दै नेपाल मगर संघका केन्द्रिय महासचिव नविन रोका मगरले मगरात राज्य मात्र नभएर ऐतिहासिक राज्यसत्तासँग जोडिएको पहिचान भएको बताएका थिए । कार्यक्रमका प्रमुख अतिथि रहेका महासचिव रोकामगरले नेपालबाट मगरातको पहिचान मेट्न खोज्नु भनेको मगरात क्षेत्रभित्र रहेका मगर जाति मात्र नभएर त्यसभित्रका ब्राह्मण, क्षेत्री, दलित आज समुदायलाई पनि मार्नुसरह भएको भन्दै मगरात भनेको नेपालको पुरानो नाम तथा ऐतिहासिक पहिचानसँग जोडिएको बताए । ‘मगरात भनेको हाम्रो घर हो । नेपाल हाम्रो देश हो । मगरात नेपालको पुरानो नाम पनि हो ।

  इतिहासको अध्ययन गर्दै जाँदा हामीले भेट्न सक्छौ, उनले भने, मगरात हाम्रो सभ्यताबाट स्थापित भएको एक इतिहास भएपनि यो मगरातभित्रका सबै जाति, समुदायको सभ्यता हो । त्यसकारण मगरातको अस्तित्व कसैलेपनि मेटाउन सक्दैन ।’ मगरात विनाको संघियता र संघियताविनाको नयाँ संविधानको अर्थ नहुने बताउदै महासचिव रोकामगरले मगरातको अस्तित्व निर्माणका निमित्त मगरातभित्रका सबै जाति, समुदाय अहिलेपनि मर्न तयार भएको बताए ।

  मगरातभित्र मगर मात्र नभएर त्यसभित्रका सबै जाति, समुदायको अस्तित्व सुरक्षित हुने पहिचानसहितको मगरात मगर जातिले मागेको बताउँदै उनले अहिलेपनि नेपाली जनतालाई दास बनाएर शासकले शोषण गर्न खोजेमा मगरातभित्रका समुदाय त्यसको बिरुद्धमा आन्दोलन गर्न तयार हुने बताए । उत्पिडित समुदाय, आदिवासी जनजाति, दलित, महिला कसैको पक्षमा नेपाली राज्यसत्ता नभएको भन्दै उनले अब बन्ने संविधानले ति सबैको अधिकार सुनिश्चित गर्नुपर्ने बताए । अब संघियता, मगरातबिनाको संविधान बनाउछु भनेर कसैले कष्ट गरेमा त्यसका बिरुद्ध मगरातबाटै आन्दोलनको शुरुवात गरिने पनि बताए  ।

  नेपालका प्रथम शहिद लखन थापा मगरलाई राज्यले अहिलेपनि प्रथम शहिदको रुपमा सम्मान प्रकट नगर्नु विभेदकारी राज्यसत्ताकै उपज भएको महासचिव रोकामगरले बताए। लखन थापाले जहानिया राणा शासनको बिरुद्धमा बिद्रोह गरेबापत मृत्यु दण्ड पाएपनि आफु जाँदै गर्दा नेपाली जनतालाई दास बनाएर शोषक बन्ने शाषकको बिरुद्धमा बिद्रो गर्नुपर्छ भन्ने कुरा सिकाएर गएकोले राज्यका शाषकहरुले अब कुनैपनि समुदाय, जातिलाई विभेद गर्न नसक्ने उनले बताए । 

  नेपाल मगर संघ दाङका अध्यक्ष सितलाल पुन मगरको अध्यक्षतामा भएको कार्यक्रममा संघका पुर्व केन्द्रिय सदस्य बलभद्र कुसारी मगर, मगर संघ दाङका संस्थापकद्वय मनबहादुर पुनमगर, लुमाकान्त कवरमगर, सल्लाहकारहरु भोपला रोकामगर, सतबहादुर रोकामगर, कृतिमान पुनमगर, दिपक थापामगर, लछिनप्रसाद बुढामगर, कैलाश रोकामगर, तुलसी रानामगर, नेपाल मगर बौद्ध सेवा समितिका केन्द्रिय सदस्य राजबहादुर घर्तीमगर, मंगोल नेशनल अर्गनाइजेशनका लालमन घर्तीमगर, मगर युवा कल्वका अध्यक्ष लक्ष्मण बुढा मगर, पूर्व विद्यार्थी ठाकुर रोकामगर, मगर महिला संघ दाङका सल्लाहकार लिला पुनमगर, राष्ट्रिय जनमुक्ति पार्टीका रविन्द्रउच्च नेपाली, टाउन प्लान विकास संस्थाका राजकुमार गुप्तालगायतले लखन थापा मगरलाई राज्यले तत्काल प्रथम सहिदको रुपमा सम्मान प्रदान गर्न माग थिए ।

संघका उपाध्यक्ष दिलकुमारी बुढामगरको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण सचिव डिल्ली घर्तीमगरले गरेका थिए । त्यस अवसरमा मगर समुदायको सांस्कृतिक नृत्य डिग्रे नाच पनि प्रस्तुत गरिएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %