सनु थापा मगर
बुटवल , फाल्गुण २ – राष्ट्रिय जनमुक्ति पार्टीको थरुहट राज्य परिषद्को प्रथम भेला फागुन ७ र ८ गते दाङगको लमहीमा हुने भएको छ ।
थरुहट राज्य परिषद्का ईञ्चार्ज रवीन्द्र उच्च नेपालीले बताए अनुसार सो दुई दिने भेलालाई पार्टी महासचिव केशव सूर्यवंशीले उद्घाटन गर्नुहुनेछ । दुई दिने भेलामा पार्टी कार्यकर्ताहरुलाई पार्टीको समसामयिक नीति तथा कार्यक्रम र मूलुकको समसामयिक राजनीति बारेमा समेत प्रशिक्षण गरिने साथै पार्टीको थरुहट राज्य परिषद्को गठन समेत गरिने पार्टीले जानकारी दिएको छ ।
सो भेला सफल बनाउनका लागि स्थायी समिति सदस्य राम बहादुर चौधरी, संघीय परिषद् सदस्य नरसिंह थारु लगायतका नेताहरुको पनि सहभागिता रहने इञ्चार्ज रवीन्द्र उच्च नेपालीले बताए ।
