आज बाट पाल्पा महोत्सब शुरु, फोटो फिचर सहित

Read Time:3 Minute, 36 Second

देब पचभैया  

  पाल्पा, फागुन १ – आज बाट तानसेनमा पाल्पा महोत्सब शुरु भएको छ ।

१० दिन सम्म चल्ने मेलाको  उधोग मन्त्री महेश बस्नेतले उद्घाटन गरे । मेलाको उद्घाटन गर्दे मन्त्री बस्नेतले बिपक्षीहरुलाई पनि समेटेर आफुहरु सबैको संबिधान निर्माण गर्न चाहेको बताए ।

मेला उद्घाटन अघि बिभिन्न जनचेतना सहित सास्कृतिक झाकी र्यालीले तानसेन बजारको परिक्रममा गरेको थियो ।  झाकी र्यालीमा नगर भित्रका टोल बिकास सस्थाहरु, बिधालय, बिभिन्न संघ सस्थाहरुको सहभागीता रहेको थियो ।

  ३ सय स्टल रहेको मेलामा ३ लाख बढी दर्शकले अवलोकन गर्ने र १० करोड बराबरको कारोबार हुने मेला आयोजक पाल्पा उधोग बाणिज्य संघले जनाएको छ । महोत्सवमा स्थानीय घरेलु तथा कुटिर उद्योग, कृषि तथा वनजन्य उत्पादको प्रदर्शनी तथा विक्रि वितरणका स्टल, पाल्पाका कृषि तथा वनजन्य उत्पादन र अदुवा कार्यक्रमको प्याभिलियन रहेको छ । 

अस्ट्जि चरा, मयुर , चौरी गाई लगाएतका पशुपंछि संगै कुडुले घर भित्र फोटो प्रर्दशनी, सानो चिडिया घर, माछा पालन, च्याउ खेतीको नमुना प्रदर्शनी मेलाका आकर्षक बनेका छन् । हामी सबैको उत्सव, पाल्पा महोत्सव २०७१ भन्ने मूल नाराका साथ आयोजीत मेलामा रानीघाट दरबारको शैलीमा निर्माण गरिएको घर भित्र मेलाको सचिबालय स्थापना गरिएको छ । पाल्पाली करुवा र ढाका बनाउने तरिका सहितको प्रर्दशनीमा स्टल राखिएका छन् । मेलामा स्थानीय खानाका परिकार संगै राष्ट्रिय तथा स्थानीय कलाकाहरुको दैनिक प्रस्तुती रहने पाल्पा उधोग बाणिज्य संघले जानकारी दिएको छ ।  

  अपांग र बृद्ध बृद्धाहरुलाई निशुल्क प्रबेश मिलाइएको छ । ४० रुपयाँ प्रबेश टिकट भएपनि बिधार्थीहरुलाई २५ रुपैया तोकिएको ।  प्रबेश टिकट बाट एक जनालाई मेलाको अन्तिम दिन गोलाप्रथा द्धारा मोटर साईकल उपहार राखिएको छ ।  

मेला बाट भएको बचत लाई संघको वहुउद्देश्यिय भवन निर्माण र पर्यटकिय क्षेत्रको विकासको लागी खर्च गरिने  पाल्पा उधोग बाणिज्य संघका अध्यक्ष राजु महर्जनले जानकारी दिए । नवौ सस्करणको रुपमा मेला शुरु भएको हो । मेलाले जिल्लाको आर्थिक, सामाजिक विकासमा टेवा पुग्नुका साथै कृषि, पर्यटन, उद्योग व्यवसायको प्रवद्र्धन गर्दै ऐतिहाँसिक र साँस्कृतिक पहिचानलाई अझ बढी प्रचार गरी आन्तरिक पर्यटक अभिवृद्धि गर्दे  महोत्सव सफल हुने संघका महासचिब भिमसेन कार्कीले बताए ।

 

 

 

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %