रूद्र श्रीसमगर
पोखरा, २६ माघ
नेकपा–माओवादी कास्कीले आफ्नो सगठन विस्तार तथा सुदृढीकरण अभियान अन्तर्गत क्षेत्र नं. १ को भेला सम्पन्न गरेको छ ।
सोमबार सम्पन्न क्षेत्रीय भेलाबाट शिव खनाल ‘महादेव’को संयोजकत्वमा चार सदस्य पछि थप्ने गरी १५ सदस्यीय क्षेत्रीय भेला आयोजक समिति निर्माण गरिएको छ ।
समितिका सदस्यहरूमा अटल राई, सन्तबहादुर भुजेल, दुर्गा अधिकारी, रूपबहादुर कुमाल, कृष्णबहादुर गुरुङ, आशीष राई, भरत कुँवर, चोला बराल, समीर थापा, सूर्य त्रिपाठीलगायत रहेका छन ।
सो भेलालाई सम्बोधन गर्दै नेकपा–माओवादी कास्की जिल्ला सचिवालय सदस्य एवं क्षेत्र नं. २ का संयोजक अशोक छन्त्याल ‘अर्जुन’ले नयाँ जनवादी क्रान्ति पूरा गर्नका लागि आफ्नो पार्टी जनयुद्धको जगमा जनविद्रोहको तयारीमा अघि बढेको बताए ।
शिव खनाल ‘महादेव’को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन अटल राईले गरेका थिए ।
