देब पचभैया
काठमाडौं, २७ माघ – त्रिभुवन विश्वविद्यालय समाजशास्त्र-मानवशास्त्र केन्द्रीय विभागले नेपालको सामाजिक तथा मानव विकासको वास्तविक स्थितीबारे अनुसन्धान प्रतिवेदन सार्बजनिक गरेको छ ।
विभागले सामाजिक समावेशीकरणका विषयमा अध्ययन अनुसन्धान गरी प्रतिवेदन तयार पारेको हो । उक्त प्रतिवेदन राष्ट्रको नीति निर्माण, राष्ट्रिय योजना आयोगको योजना निर्माण, राजनीतिक, आर्थिक, शिक्षा, स्वास्थ्य लगायतसंग सम्बन्धित सरोकार राख्ने निकायलाई सामाजिक समावेशीकरणका लागि उपयोगी र उपलब्धिमूलक हुने ‘सामाजिक समावेशीकरण अनुसन्धान २०१४’ का संयोजक प्राध्यापक डाक्टर ओम गुरुङले जानकारी दिए ।
समाजशास्त्र – मानवशास्त्र केन्द्रीय विभागले पहिलो पटक गरेको उक्त अध्ययन अनुसन्धानले राष्ट्रिय तहमा सामाजिक समावेशीकरणको स्थिती देखाउन, जिल्ला गाविस तहमा योजना निर्माण र मूल्याङ्कन गर्न सहयोगी हुने विभागले जनाएको छ ।
