चापाकोट वडा न. २ र ४ मा कङ्ग्रेसको पार्टी कार्यालय

Read Time:1 Minute, 25 Second

विनोद रखाली मगर

गल्याङ् , माघ २४ – नेपाली काङ्ग्रेस चापाकोट नगरपालिका समन्वय समितिको व्यवस्थापनमा चापाकोट वडा नं. २ दामाचौर  र वडा नं.४ क्याक्मीमा वडा पार्टी कार्यालय स्थापना गरीएको छ ।

कार्यालयको नेपाली काङ्ग्रेस क्षेत्र नं. ३ स्याङ्जाका सभापति देववहादुर खाँड इश्वरले छुट्टा छुट्टै उद्धघाटन गरेका हुन् । उद्धघाटन समारोहमा तरुण दल स्याङ्जाका निर्वाचन समिति सयोंजक भगवत प्रकाश मल्ल, नेपाली काङ्ग्रेस क्षेत्र नं. ३ का सचिव विक्रम सारु मगर , शिक्षक संघका वसन्ती श्रेष्ठ, चापाकोट नगर सभापति रामचन्द्र पङ्गेनी लगाएतले वोलेका थिए ।

वालचन्द्र भट्टराईको सन्चालनमा सन्चालित वडा न. ४ मा वसन्ती श्रेष्ठको स्वागत र दिर्घवन्दु पौडेलको सभाध्यक्षता र वडा नं. २ सृजना श्रेष्ठको स्वागत सङ्गै सुरु भै नारायण प्रसाद खनालको सन्चालन र गोकर्ण भट्टराईको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %