विनोद रखाली मगर
स्याङ्जा , माघ २४ सुआहारा कार्यक्रमको आयोजना तथा तुलसी भञ्ज्याङ गाविसको सहयोगमा बज्रेमा वडा नागरिक मञ्चको पदाधिकारी तथा सुनौला हजार दिनका आमाको भेला सम्पन्न भएको छ ।
वडा नागरिक मञ्चका कार्यक्रमहरुलाई थप प्रभावकारी तथा हजार दिनका आमाहरुको पोषण स्थिती सुधार गर्ने उदेश्यले चार जना सामुदायिक सहजकर्तालाई छनोट गरेको हो । छनोट हुनेहरुमा लिमबहादुर गाहा मगर,सपना अधिकारी, कुमारी सिंजाली मगर, माया राना रहेका छन ।
कार्यक्रममा वडा नागरिक मञ्चका पूर्व संयोजक दलबहादुर सिंजाली मगर, रेशम राना,जावित्रा सिंजाली,दालु राना लगाएतले वडामा सरसफाई स्वच्छता र पोषण तथा स्वास्थ्यको स्थिती सुधारका लागि आफूहरु एक भएर अगाडी वढदै मानवीय जीवन परिर्वत तर्फ लागेको कुरा बताएका छन ।
वडानागरिक मञ्चका अध्यक्ष टीकाराम सिंजाली मगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सामाजिक परिचालिका मञ्जु खनाल र सहजिकरण सुआहाराका फिल्ड सुपर भाइजर देवीप्रसाद भण्डारीले गरेका थिए ।
