सनु थापा मगर
बुटवल , माघ २४ – नेपाल मगर लेखक संघ जिल्ला समिति रुपन्देहीको पाँचौ स्थापना दिवसको अवसरमा खुल्ला कविता प्रतियोगिता शनिबार बुटवलमा सम्पन्न भयो ।
नेपाल मगर लेखक संघ केन्द्रिय भाषिक उपाध्यक्ष कुलमान बुढामगरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कविता प्रतियोगितामा फटिक तरामु प्रथम , अंकित थापा मगर द्धित्तिय , लजिना रेस्मि मगर तृतिय र वालिका रोका मगर सान्त्वना भए ।
विजयी प्रतियोगिहरुलाई पुरस्कार स्वरुप नगद र प्रमाण पत्रले सम्मान गरीएको थियो । कार्यक्रममा लेखकहरु सनु थापा मगर , खोमा तरामु मगर , र सञ्जिव थापा मगरले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।
नेपाल मगर संघ बुटवल उप–महानगरपालिकाका अध्यक्ष किशनबहादुर थापा मगर , आदीवासी जनजाति पत्रकार मञ्च रुपन्देहीका अध्यक्ष टेक मास्की राना , संघीय प्रकासन प्रालिका अध्यक्ष ज्ञानबहादुर थापा , नेपाल मगर युवा संघ बुटवल नगर समिति अध्यक्ष झविन्द्र थापा ,फोनीज रुपन्देही अध्यक्ष मिलन गाहा , समाजसेवी भोजबहादुर बुढाथोकी लगायतले बोलेका थिए ।
कार्यक्रममा कलाकार दिपक थापामगरले गित प्रस्तुत गरेका थिए । मगर लेखक संघ जिल्ला अध्यक्ष भिम माया राना मगरको अध्यक्षता , उपाध्यक्ष तिर्थ कुमारी रानाको स्वागत तथा सचिव लिला राना मगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भयो ।
