जातीय पहिचान र आत्मनिर्णयको अधिकार, मगर विद्यार्थीहरुको अडान

Read Time:4 Minute, 9 Second

दिपा आलेमगर

  दाङ्ग ,घोराही माघ २२ – “जातीय पहिचान र आत्मनिर्णयको अधिकार सहितको मगरात स्थापनार्थ हाम्रो अडान, नयाँ बन्ने संविधानमा वैज्ञानिक, व्यवहारिक र संघीय शिक्षा प्रणाली र राष्ट्रिय एकताको पक्षमा हाम्रो अभियान” भन्ने मूल नाराका साथ २०७१ माघ १६ र १७ गते सम्पन्न ९ औं राष्ट्रिय विस्तारित भेला दाङ्गको घोराहीमा सम्पन्न भएको छ ।    

विस्तारीत भेलाको उद्घाटन नेपाल मगर संघ केन्द्रीय समितिका अध्यक्ष महेन्द्र थापामगरले गरेका थिए । उद्घाटन सत्रमा विभिन्न जातीय संघसंस्थाका प्रतिनिधिहरु, राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थिति थियो ।

  भेलामा देशभरका मगर विद्यार्थीहरु प्रतिनिधिमूलक ढंगले सहभागी भएका थिए । कार्यक्रमको सुरुवातमा देशभरबाट दाङ्ग जिल्लामा आएका मगर विद्यार्थीहरु, अथितिहरु, स्थानीय बासीको बाक्लो उपस्थितिमा रयाली सहितको नारा लगाएर घोराही बजार परिक्रमा गरिएको हो ।

देशभर क्रियाशील मगर विद्यार्थीहरु समान अधिकार, समान पहुंच समान उच्च शिक्षाको माग गर्दै रयाली लगाएका थिए । मगर समुदायको भाषा, धर्म संस्कृति र पहिचानलाई राज्यले स्थान दिनु पर्ने माग गरेका थिए । सहभागी विद्यार्थीहरुले राज्यको हरेक क्षेत्रमा मगर समुदाय लगायत राज्यदेखि पछाडि परेका जातजाति, क्षेत्र, बर्गलाई समान हैसियतका साथ सामावेशी समानुपातिक रुपमा मिलाएर लाग्नु पर्ने बताए थिए । उद्घाटन सत्रको अध्यक्ष संघका अध्यक्ष दिपा आलेमगरले गरेका थिए भने कार्यक्रम सञ्चालन महासचिब गोमबहादुर रानामगरले गरेका थिए ।

  घोराहीमा आयोजना भएको भेला दुई दिन सम्म सञ्चालनमा थियो । पहिलो दिन उद्घाटन कार्यक्रम थियो भने अर्को दिन देशभरका युवा मगर विद्यार्थी मांझ बन्दसत्र सञ्चालन गरि एक वर्षमा भएको गतिविधि र आगामी के गर्ने भन्ने विषयमा छलफल भएको थियो । विद्यार्थीहरुले सांगठनीक, आर्थिक, शैक्षिक, सांस्कृति, भाषिक, सामाजिक, राजनैतिक विषयमा आ – आफ्ना भनाई प्रस्तुत गरेका थिए ।

बन्द सत्रको अध्यक्ष नेपाल मगर संघका केन्द्रीय सदस्य सावित्रा रानामगरले गरेका थिए । त्यसैगरी सोही बन्द सत्रले १६ बुंदे शैक्षिक र विशेष सहित घोषणा पत्र जारी समेत गरेको छ । 

कार्यक्रमको तेस्रो दिन विहानै संघले पत्रकार सम्मेलन गरी भेलामा अहोरात्र खटिएका नेपाल मगर विद्यार्थी संघ दाङ्ग जिल्लाका कार्यसमिति, आर्थिक, भौतिक, नैतिक रुपमा सहयोग र साथ दिने संघसंस्था र समाचार प्रकाशन गरी सहयोग गर्ने पत्रकार महासंघ दाङ्ग कार्यसमिति लगायतका व्यक्तित्वहरुलाई मायाको चिनो सहित प्रंशसा पत्र दिएर सम्मान गरिएको थियो । 

 

 

 

 

मगर विद्यार्थी संघको ९ औ राष्ट्रिय भेलाद्धारा जारी दाङ्ग घोषणापत्र -२०७१

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %