जता जाँदा पनि तामाड. भेष-भुषामा ठाट्टिएर हिड्ने तामाङ सेलोको गीत गाउदै नाच्दै डम्फु कहिल्यै नछाड्ने कुलमान तामाड.लाई ९ अगस्ट २०१० का दिन आदिवासी जनजाति महासंघ हगंकगंले ‘आदिवासी बर्ष पुरुष’ बाट सम्मानित गर्यो । ति हट्टाकट्टा बृद्ध राज्यसत्ता डट कमका लागि हिम थापा मगर, भिम थापा मगर र हुम बहादुर थापा मगरसँग आफ्नो लाहुरे जिवनको एउटा अविस्मरणीय घट्ना सुनाउन तल्लिन हुन्छन् । कैलेश तामाङ र निर्माया तामाङको कान्छा सुपुत्रको रुपमा सगरमाथा अञ्चल ओखलढुङ्गा जिल्ला खिजी फलाटे भन्ने गाउमा ईसं १९३९ सालमा जन्मेका तामाङका एक दिदी र एक दाजु छन् । बाल्यकालमा उनका बाबाले घरमै मास्टर राखेर प्रारिम्भक शिक्षा दिलाएका थिए । कुलमानलाई पढाईमा भन्दा नाचगानमा बढी रुची भएकोले घरमा राखेको मास्टरको कुनै अर्थ लागेन । घोडा ब्यापारीसंग लामा बिद्या पढ्न तिब्बततिर पनि पठाएका थिए उनका बाबाले । आलु र ढेडो खाएर लामा लेख्न पढ्न त सुरु गरे तर त्यसमा पनि उनको मन लागेन । नौ महिनापछि घोडा लाई घांस काट्न पठाएको मौका छोपी भागेर साथीको घरमा पुगेकाथिए र त्यहाँबाट घर फर्किएकाथिए । उनी त्यतिबेलाको स्मरण गर्दे भन्छन् ,
“दशै पुर्णिमाको दिन थियो । गाँउमा मेला लागेकोले नाचगानको मनोरन्जन लिन मेला मा जांदा मन बहादुर सुनुवार भन्ने गल्लावाला भर्तिको लागि केटा हरु छाट्न आयो। मलाई पनि भर्ती गर्न अनुरोध गरे तर लग्न मानेनन् । म मेरै खर्चमा उनी हरुको पछिपछि लागेर चिसापानी हुँदै जयनगर पुगे । भर्ती गर्ने अफिसर क्याप्टेन मन बहादुर तामाङले छानेर मलाई त्यहाँबाट भैरहवा पक्लिहवा लगे । भर्ती भएर मलायाको सुङ्गाइ पटानी मा ९ महिना कठोर तालिम सकेपछी म १० गोर्खा राईफल्स को डि कम्पनिमा छनौटमा परे । खेलकुद क्षेत्रमा प्राय सबै मा राम्रो खेल्थे । दगुर्ने मा म प्राय पहिलो हुन्थे । १९५९ देखी १९६५ साल सम्म इन्डोनेशिया बिरुद्द बोर्निओ,सारावाकको युद्धमा बहादुरिका साथ लडाईं लड्यौं । धेरै दुस्मन मारियो दुर्भाग्यबस बहादुरी भने पाउन सकिन । लडाईं समाप्त भए पछि तेसै बर्ष हङ्कङ आए । china र british को सम्बन्ध चिसिएकोले गर्दा हङ्कङको Lo Wu भन्ने ठाउमा border duty जांदा भन्सारको भवनमा जाने पुल काटेर दुस्मनमाथि आक्रमण गर्न ( धन्न गोली पड्काइन ,पड्काएको भए दुई देशको भिषण लडाईं हुने थियो ) जांदा मेरै पल्टनको गोरा साहेबले मेरो सार्जेन्ट बिल्ला झारिदियो ।
कुलमान विविध रुपमा
१९६९ सालमा अफिसर हरुले मलाई लेफ्टिनन्ट हुने आस्वासन दिदै तालिम केन्द्र खटाएका थिए । सुङ्गै पटानी तालिम केन्द्र थाइलान्ड जाने रैल्वेको नजिकै कुलिम बालिम भन्ने ठाउँ सिरु घारिमा ट्रेन्च(खाल्टो) खनिसके र एक हप्ता पछि मर्मतको लागि क्याप्टेन मन बहादुर तमाङ र म सहित १६ जना मानिस तेही खाल्टो मर्मत गर्न गएका थियौं । मर्मत कार्ये सकेर क्याटेन साहेब र आफु पानी खोज्न जङ्गल तिर लाग्दा क्याप्टेन बिच बाटो बाटै आधा घन्टा मा फर्कनु है भन्दै वापस भए । म रबर को रुख र बेतको घनघोर झांडी फाड्दै अगाडी बढे । करिब एक घण्टा बितेछ । फर्केर दाहिने तिर घुम्दा अजिङ्गरको पुच्छरमाथि टेक्न पुगेछु । देखिन ।गर्लप्प आवाज मात्रै सुने । म बेतको लहरामा अल्झेर भुइमा लडे भनेको त उस्ले मलाइ र रुख लाई एक चक्कर बेरेर तानी सकेको रहेछ । म बाच्ने दिनले गर्दा होला रुखसँग परेर छेकिए र अजिंगरले मलाइ खान पाएन। मलाई त्यो रुखले बचायो । करिब १५ मिनेट जति मलाइ त्यहि रुखसँग अठ्याइ रहयो । त्यसपछि म फुत्केर भागे र अर्को ठुलो रुखको फेदमा पुगे । फर्केर हेर्दा म सँग बेरिएको रुखलाई फन्फनी बेर्दै गरेको देखे । मलाइ खुब रिस उठ्यो । अब यसलाई छप्काउनुपर्छ भनि कम्मरको खुकुरी छामे खुकुरी थिएन। बेरिएको रुख को फेदमा खसेछ ।
रिसको चुरमा फर्केर त्यहि रुखमा खुकुरी लिन गए । खुकुरी निकालेर त्यसलाई काट्न कोसिस गरे, त्यो भनेघरी घरी तन्किदो रहेछ । म मार हान्ने पाराले तयार भए । कसरी मार हान्ने भनेर सोच्दै थिए, अगाडी हेरेको त उसको मुखले मलाइ हमला गर्न तयार भएको रहेछ । झाडीले छेकेको हुनाले देखेको थिइन । त्यस पछि दुई हातले खुकुरी माथि लगेर काक्रा चिराइ मार हाने । बाघ कराए जस्तो एकदम ठुलो आवाज ले करायो । साथै उडेर आयो । उसको सासले म भुइमा लड्न पुगे । उसले मेरो खुट्टा तिरबाट मलाई निल्दै लग्न थाल्यो । तन्केको बेलामा मार हानेको हुनाले करिब ९ फिट जति चिरिएको थियो । त्यहि चिरिएको घाऊ बाट म बाहिर निस्कन सफल भए । अनी माथि डाँडा तिर भागे । उसलाई फर्केर हेरेको त उस्ले त्यो बेरे को रुख लाई बिस्तारै खोल्दै गयो र सर र र र… रुख हल्लाउदै ओरालो लाग्यो । म उसलाई पछ्याउदै पछि पछि गए । म उसको क्रियाकलाप हेर्न चाहन्थे । उसको अत्यधिक रगत बगेको थियो । उसलाई धेरै दुखेर होला तल उसले रुख पात ढुङ्गा मुढा टोक्दै उत्पात मच्चाउन थाल्यो । उसले फेरि मलाई देख्यो । मलाइ पुन हमला गर्न खोज्यो तर उसको शक्ति गैसकेकोले म तिर आउन सकेन । तेसै बेला मेरा साथि हरु मलाई खोज्न आए । साथि हरुले मलाई नदेखेर २११५४०५८ नंबरका लिम्बु साथीले रेडियो मार्फत २११४७६९४ (डेमो) नमुना सार्जेन्ट कुल मान तामाङलाई अजिङ्गरले निल्यो भनेर रिपोर्ट दीइ सकेका रहेछन् ।
घटना को स-बिस्तार लगाएपछि आर्मीको आपतकालिन हेलिकप्टरले मलाई अस्पताल लागियो । हस्पिटलका डाक्टरहरुले एक महिना बस्नु भनेका थिए तर मेरो रिस अजिंगरसँग अझै नमरेकोले तीन दिन मै डिस्चार्ज भएर साथि हरु सित जङ्गल गए, त्यो दुस्ट लाई मार्न । त्यहा पुग्दा त्यो मरेको थिएन । उसको शक्ति सबै खतम भईसकेको भएपनि मान्छेलाई देख्दा झम्टिन नछाड्ने । त्यसपछि बांसको लाठा उसको मुखमा घुसारे र रस्सीले बाधेर सुङ्गाइ पटानी ल्याएर बजार घुमाए । आर्मी क्याम्पमा लगेर बाधेर राखेको तीन दिन पछि बल्ल मर्यो । त्यसलाई नाप्दा ३९ फिट लामो र साँढे २ फिट मोटाइको थियो । मरेपछि छाला काढियो । छाला पेनाङ बजारमा लगेर मेसिन मा पेलेर राम्रो बनाएर साथि हरु ले लगे । मैले पनि ४ फिट जति लगेर राम्रो बेग बनाउन लगाए । त्यसको हड्डी दुई बक्स भएको थियो । दवाई हुन्छ भनि ल्याएको पित्त र हड्डी सबै हरायो । १९६९ साल मा सार्जन्ट मै १८ बर्षको पेन्सन लिएर घर लागे । हाल म हङ्कङको ज्येष्ठ नागरिकका (कोको) साथै तामाङ घेदुङ संघ हङ्कङको बुधौली भई सामाजिक कार्यमा ससंलग्न छु । म वान्चाइ मा बस्छु । मेरो बांकी परिवार बाल कुमारी, काठ्मांडौमा बस्छन् । “