राष्ट्रिय युवा मोर्चा रुद्रपुर रुपन्देहीको अधिवेसन सम्पन्न

Read Time:4 Minute, 4 Second

सनु थापा मगर

बुटवल । राष्ट्रिय युवा मोर्चा रुद्रपुर रुपन्देहीको पाँचौ अधिवेशनबाट अध्यक्षमा दुर्गा राजकोटी मगर चयन भएका छन । रुद्रपुर पीस ल्याण्ड भुपु.सैनिक पब्लिक ईङ्लीस स्कूल रुद्रपुरमा शनिबार सम्पन्न राष्ट्रिय युवा मोर्चा रुद्रपुर गाउँ कार्य समितिको पाँचौ अधिवेशन तथा प्रशिक्षण कार्यक्रम मोर्चाका अध्यक्ष श्याम थापाको अध्यक्षतामा तथा राष्ट्रिय युवा मोर्चाका केन्द्रिय वरिष्ठ उपाध्यक्ष बोम बहादुर दर्लामी मगरको विशिष्ट आतिथ्य तथा जिल्ला अध्यक्ष झम बहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
प्रमुख प्रशिक्षकको रुपमा राष्ट्रिय जनमुक्ति पार्टीका जिल्ला अध्यक्ष झम बहादुर गुरुङ तथा अर्का प्रशिक्षक राष्ट्रिय युवा मोर्चाका जिल्ला अध्यक्ष दल बहादुर थापा ले प्रशिक्षण दिएका थिए । आगामी २ वर्षको लागि १५ सदस्यीय नयाँ समिति हुनु पर्नेमा ३ जना पछि नियुक्त गर्ने गरी १२ सदस्यीय कार्यसमिति गठन गरीएको छ ।
जसको अध्यक्षमा दुर्गा राजकोटी मगर, उपाध्यक्षमा कृष्णा थापा मगर, सचिवमा देव बहादुर घर्ती मगर, सह–सचिवमा मन्जु थापा मगर, कोषाध्यक्षमा गुन बहादुर पुन मगर, सदस्यमा प्रतिक्षामा मगर, सपना थापा मगर, यम माया गलामी मगर, भवि माया सुनारी मगर, लुर बहादुर गुरुङ, सुर्य बहादुर थापा मगर र दिलमन वितालुलाई चयन गरिएको छ । नव गठित पदाधिकारीहरुलाई राष्ट्रिय युवा मोर्चा जिल्ला अध्यक्ष दल बहादुर थापा मगरले शपथ गराएका थिए ।
नव नियुक्त मोर्चाका अध्यक्ष दुर्गा राजकोटीले आफ्नो प्रतिवद्धता मन्तव्यको क्रममा आफुले पार्टीे तथा मोर्चाले दिएको निर्देशन पूर्ण रुपमा पालना गर्ने र अहिले मुलुक जटील अवस्थामा गुज्रिएको अवस्थामा पार्टीको मुख्य एजेण्डा पुर्ण समानुपातिक संघीय गणतन्त्रात्मक राज्य, धर्म निरपेक्षता, पहिचान तथा राज्यको हरेक अंगमा जातिय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व भन्ने मुल नारालाई आत्मासात गर्दै त्यस व्यवस्थालाई लागू गर्न आफ्नो मोर्चा जस्तोसुकै चुनौतिको सामना गर्न तयार रहेको भन्दै हरेक वार्ड वार्डमा संगठन विस्तार गर्नु र जुनसुकै हालतमा मोर्चाको ४ कोठे सम्पर्क कार्यालय निर्माण गर्नु आफ्नो २ वर्षे कार्यकालको प्रमुख उद्देश्य हुने कुरा प्रतिवद्धताको रुपमा व्यक्त गरे ।
पदाधिकारीहरुलाई युवा मोर्चा जिल्ला अध्यक्ष दल बहादुर थापा तथा वरिष्ठ केन्द्रिय उपाध्यक्ष बोम बहादुर दर्लामी मगरले सफल कार्यकालको शुभ कामना दिदै निर्वाचन मण्डलका संयोजक तथा पार्टी जिल्ला सचिब भैरव थापा मगरले पार्टीको सिद्धान्त बारे प्रकाश पारेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %