देविका घर्ती मगर
बहुजातीय, बहुभाषिक, बहुधार्मिक एंव बहुसांस्कृतिक संघीय लोकतान्त्रिक गणतन्त्र देश नेपालका आदिवासी तथा जनजाति विद्यार्थी संगठनहरुसंग मैत्रीपूर्ण सम्बन्ध, पारस्परिक सहयोग एंव सद्भावना राखी माध्यमिक विद्यालयदेखि विश्विद्यालयसम्म अध्ययनरत मगर विद्यार्थीहरुको हकहित, अधिकार र प्रतिष्ठा प्राप्तिको निम्ति र सोको संरक्षण एंव सम्बद्र्धन गर्ने उद्देश्यबाट अभिप्रेरित भई न्याय, समानता, स्वतन्त्रता, राष्टियता, लोकतन्त्र र सामाजिक समताको निम्ति उनीहरुको सर्वाडगीण विकास गर्दै देशको समुन्नतिमा योगदान दिनको लागि सम्पूर्ण मगर विद्यार्थीलाई संगठित रुपमा सचेत एंव जागरुक पार्ने अभिप्रायले प्रेरित भई संघको दांङ्ग घोराईको कर्मचारी मिलन केन्द्रमा “जातीय पहिचान र आत्मनिर्णयको अधिकार सहितको मगरात स्थापनार्थ हाम्रो अडान, नयाँ बन्ने संविधानमा वैज्ञानिक, व्यवहारिक र संघीय शिक्षा प्रणाली र राष्ट्रिय एकताको पक्षमा हाम्रो अभियान” भन्ने नाराका साथ २०७१ माघ १६ र १७ गते सम्पन्न ९ औं राष्ट्रिय विस्तारित भेलाले जारी गरेको (शैक्षिक र विशेष सहित) १६ बुदे दांङ्ग घोषणापत्र ।
१.मगर जातिको इतिहास र सभ्यताको सम्बोधन गर्दै पहिचान र सामथ्र्यको आधारमा आत्मनिर्णयको अधिकार सहित मगरात स्वयात्त राज्य निर्माण गर्न यो राष्ट्रिय विस्तारीत भेला माग गर्दछ ।
२ .राजनीतिक दलहरुबीच विद्यमान अस्वस्थ प्रतिस्पर्धा, असमझदारी, असहमति, बेमेल र बैमनस्यताको वातावरणको तत्काल अन्त्य गरी मुलुकमा शान्ति, स्थिरता कायम गर्दै शान्त, समृद्ध, समुन्नत र विकसित राष्ट्र बनाउन राजनीतिक दलहरुबीच, सहमति, समझदारी र सहकार्यको वातावरण निर्माण गरि समयमै लोकतान्त्रिक गणतान्त्रिक संघीय संविधान जारी गर्न यो राष्ट्रिय विस्तारीत भेला जोडदार माग गर्दछ ।
३.मातृ भाषामा उच्च तहसम्म पठनपाठनको ग्यारेन्टी सहित विद्यमान शिक्षा प्रणालीको अन्त्य गरी वैज्ञानिक, व्यवहारिक र संघीय शिक्षा प्रणाली तत्काल लागू गर्न यो राष्ट्रिय विस्तारीत भेला माग गर्दछ ।
४.अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धि नं. १६९ संयुक्त राष्ट्र संघ घोषणपत्र र अन्य अन्तर्राष्ट्रिय तहहरुमा भएका नेपाल सरकारले विभिन्न समयमा गरिएको सन्धी सम्झौताहरुको अबिलम्ब कार्यान्वयन गर्न यो राष्ट्रिय विस्तारीत भेला माग गर्दछ ।
५.शिक्षालाई मौलिक अधिकारको रुपमा संविधानतः स्थापित गरी उच्च तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गर्न यो राष्ट्रिय विस्तारीत भेला माग गर्दछ ।
६.महेन्द्र संस्कृत विश्वविद्यालय खारेज गरी बहुभाषिक, बहुसांस्कृतिक चरित्र सहितको स्वायत्त विश्वविद्यालय स्थापना गर्न यो राष्ट्रिय विस्तारीत भेला माग गर्दछ ।
७.लोकसेवा आयोगमा हाल कायम गरिएको जनजाति कोटा अन्तर्गत लिखित परिक्षामा उत्तिर्ण भएपछि पहिले जनजातिको अन्तवार्तालिने र सबै समावेशी पदमा निश्चित गरिसकेपछिमात्र खुलासेवामा निश्चित गरिने परिपाटिका कारण खुला प्रतियोगितामा नाम निकालेका जनजातिहरुपनि समावेशीमै सिमित रहेका कारण अन्यलाई खुला आरक्षण सुरक्षित भएको छ तसर्थ खुला प्रतियोगितातर्फको सुनिश्चित गरिसकेपछि मात्र समावेशीमा अन्तवार्ता लिएर निश्चित गर्न राष्ट्रिय विस्तारीत भेला माग गर्दछ ।
८.लोकसेवा आयोगका पाठ्यक्रम परिवर्तन गरी मगर लगायत आदिवासी जनजातिका भाषा, संस्कृति र पहिचानलाई आधार बनाएर निर्माण गर्न तथा नेपाली भाषाको अनिवार्यतालाई खारेज गरी आ–आफ्नो मातृभाषामा लोकसेवा आयोगको परीक्षा र अदालती प्रयोग गर्न पाउने व्यवस्था गर्न यो राष्ट्रिय विस्तारीत भेला माग गर्दछ ।
९.व्यवसायिक, प्राविधिक गुणस्तरीय र सिपमूलक शिक्षाका लागि राज्यबाटै राष्ट्रिय नीति निर्माण गर्न यो राष्ट्रिय विस्तारीत भेला माग गर्दछ ।
१०.व्यवसायिक रुपमा कृषि शिक्षालाई विकसित तुल्याउन कृषि विश्वविद्यालयको स्थापना गर्न यो राष्ट्रिय विस्तारीत भेला माग गर्दछ ।
११.मगर विद्यार्थीहरुलाई जातीय जनसंख्याको समानुपातिक प्रतिनिधित्वको आधारमा छात्रवृत्ति र शिक्षा क्षेत्रमा विशेष अधिकारको व्यवस्था गर्न यो राष्ट्रिय विस्तारीत भेला माग गर्दछ ।
१२.शिक्षाको उद्देश्य प्रष्ट रुपले किटान गरी तदनुरुप शिक्षानीति, योजना र कार्यान्वयन प्रकृयाको तर्जुमा गर्न यो राष्ट्रिय विस्तारीत भेला माग गर्दछ ।
१३.जनअधिकार स्थापित गर्ने क्रममा १९३३ फागुन ३ गते गोरखा मनकामनामा विरगति प्राप्त गर्नु भएका प्रथम शहिद लखन थापा मगरलाई अबिलम्ब प्रथम शहिद घोषणा गरी तदनुरुप सम्मान प्रदान गर्न माग गर्दछ ।
१४.मगरहरुको परम्परागत चाडहरु, चण्डी पूर्णिमा, भूम्यापूजा र रोङपर्वलाई मगरहरुको राष्ट्रिय पर्व घोषणा गर्न यो राष्ट्रिय विस्तारीत भेला माग गर्दछ ।
१५.शिक्षामा भैरहेको नीजिकरण, व्यापारीकरण र व्यवसायीकरणको अन्त्य गर्दै शिक्षा क्षेत्रमा विद्यमान नीजि र सरकारी क्षेत्रको शैक्षिक गुणस्तरमा एकरुपता कायम गर्न यो राष्ट्रिय विस्तारीत भेला माग गर्दछ ।
१६.शैक्षिक क्षेत्रमा कायम गरिएको जातीय, भाषिक, सांस्कृतिक, लैङ्गिक, वर्गीय र क्षेत्रीय असमानता र विभेदको तत्काल अन्त्य गर्न यो राष्ट्रिय विस्तारीत भेला माग गर्दछ ।
