आशिर्वाद पुन मगर/द मगर्स क्रियशन
ललितपुर, माघ १६- नेपाल मगर महिला संघ जिल्ला समिति ललितपुरले आज माघ १६ गते सहिद दिवसका दिन संचालन गरेको “नि:शुल्क स्वास्थ्य शिविर” सफल्ता पूर्बक सम्पन्न गरेको छ ।
नेपाल मगर महिला संघ जिल्ला समिति ललितपुर र समिट हस्पिटल प्रा. लि. लोकन्थली भक्तपुरको संयुक्त आयोजनामा सो कार्यक्रम भएको हो ।
सम्बिधान सभाकी उप-सभामुख ओनसरी घर्ति मगरको प्रमुख आतिथ्यमा र नेपाल मगर महिला संघ जिल्ला समिति ललितपुरकी अध्यक्ष हरीकला रानामगरको अध्यक्षतामा भएको थियो ।
औपचारिक कार्यक्रमको संचालन सँस्थाका सचिब राम माया (रिरा) थापामगरले र शिविरको संयोजन दिपा थापा मगरले गरेका थिए भने व्यबस्थापन तथा पाहुनाहरुलाई खानाको पूर्ण व्यवस्था नेपाल मगर महिला संघ लुभु इकाई समिति र लुभु बासिन्दाहरुले गरेका थिए ।
उक्त “नि:शुल्क स्वास्थ्य शिविर” महालक्ष्मी एकेडेमी, देबिस्थान, लुभु, ललितपुरमा बिहान ९ बजे देखि बेलुका ५ बजे सम्म संचालन भएको थियो । शिविरमा समिट हस्पिटलबाट आएका महिला बिषेशज्ञ डा. अनु बज्राचार्य लगायत अन्य चिकित्सकहरुले निशुल्क स्वास्थ्य परिक्षण गरेका थिए । तेस्तै, समिट हस्पिटलले बिरामीहरुलाई नि:शुल्क औषधि पनि वितरण गरेको थियो । आजको यस स्वास्थ्य शिविरमा करिब २०० जति बिरामीहरुले आफ्नो स्वास्थ्य परिक्षण गराई लाभ उठाएका छन् ।
यस स्वास्थ्य शिविरलाई सफल पार्न नेपाल मगर महिला संघ केन्द्रिय अध्यक्ष गंगा खासु मगर, नेपाल मगर महिला संघ जिल्ला समिति काठमाडौँकी अध्यक्ष धन कुमारी रानामगर, नेपाल मगर संघ जिल्ला समिति ललितपुरका अध्यक्ष कृष्णबहादुर रानामगर, नेपाल मगर संघ जिल्ला समिति काठमाडौँका सचिब लगायत विभिन्न संघ सँस्थाका व्यक्तित्वहरु को पनि उपस्थित भएको थियो ।
प्रमुख अतिथि माननीय उप-सभामुख ओनसरी घर्ति मगरले नेपाल मगर महिला संघ जिल्ला समिति ललितपुरको यस महान सामाजिक कार्यको प्रसंशा गर्नुको साथै यस्तो कामले हाम्रो समुदायलाई प्रतक्ष रुपमा लाभ हुने र समुदायमा भएका सबैलाई यस्तो सामाजिक काम गर्न अझ बढी प्रोत्साहन मिल्ने कुरा बताए ।
औपचारिक कार्यक्रमको अन्तमा नेपाल मगर महिला संघ जिल्ला समिति ललितपुरकी अध्यक्ष हरिकला रानामगरले यस स्वास्थ्य शिविरलाई सफल पार्न सहयोग गर्नु हुने र शिविरमा आउनु हुने सबैलाई धेरै धेरै धन्यवाद दिए ।