गोविन्द घर्ती
देवदह माघ १५ ।
नेपालको शैक्षिक विकासमा निजी विद्यालयहरुको महत्वपूर्ण योग्दान रहेको प्याव्सनका बरिष्ठ केन्द्रीय उपाध्यक्ष लोकनाथ उपाध्यायले बताएका छन । निजी विद्यालयबाट प्रवेशीका परिक्षामा उत्र्तीण भएका विद्यार्थीहरुलाई राज्यले दिने उच्च शिक्षामा विभेद गर्न नहुने उपाध्यायको भनाइ थियो । पूर्वी क्षेत्र नीजि विद्यालय परिवार ईप्सा रुपन्देहीले आयोजना देवदहमा गरेको ईप्सा खेल महोत्सवको उदघाटन कार्यक्रममा बोल्दै उपाध्यायले उक्त कुरा बताएका हुन ।
उपाध्यक्ष उपाध्यायले राज्यले नीजि विद्यालयलाई विभेद गर्दा सम्म प्याव्सनले राज्यलाई दवाव दिई रहनु पर्नेमा जोड दिए । सोही कार्यक्रममा अर्का वक्ता जिल्ला शिक्षा कार्यालय रुपन्देहीका विद्यालय निरिक्षक हरी अर्यालले नीजि विद्यालयको नतिजा ९३ प्रतिशत र सरकारी विद्यालयको नतिजा २६ प्रतिशत मात्र रहेको बताउदै निजी विद्यालयको नतिजालाई राज्यले सम्मान गर्नु पर्ने बताए । गुणस्तरीय शिक्षाको लागि नीजि विद्यालयहरु राम्रो रहेको हुदा जिल्ला शिक्षा कार्यालयले सहकार्य गर्न तयार रहेको बताए ।
ईप्सा रुपन्देहीका अध्यक्ष एकनारायण काफलेको अध्यक्षतामा भएको कार्यक्रममा प्याव्सनका केन्द्रिय सदस्य विष्णु पन्थी, प्याव्सन रुपन्देहीका उपाध्यक्ष लालहरी पाण्डे, देवदह उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल प्रसाद ढकाल, नेपाली कांग्रेसका क्षेत्रीय सचिव बासुदेव रिमाल, कांग्रेस देवदह नगर समिति सभापति दुर्गा बहादुर राना, एमाओवादी देवदह नगर कमिटि संयोजक मोतिलाल ढकाल, नेकपा एमालेका श्याम कुमार अर्याल, नेकपा–माओवादीका ऋषिराम लामिछाने, देवदह साप्ताहिकका त्रिलोचन दाहाल, रामवरण यादव, होमनाथ ढुंगाना, खेल अफिशियल अमृत काप्mले लगातयले आ–आफना भनाई राखेका थिए ।
कार्यक्रममा खेलकुद संयोजक बोधराज गौडेलले ईप्सा खेलमहोत्सवको वारेमा प्रकाश पारेका थिए । ईप्सा रुपन्देहीका उपाध्यक्ष टंक पोख्रेलको स्वागत र सचिव हरी ढकालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । प्याव्सनका केन्द्रिय उपाध्यक्ष लोकनाथ उपाध्यायले सटफुट फालेर खेलकुदको उदघाटन गरेका थिए । कार्यक्रम पर्व देवदहको शित्तलागर देखि खेल मैदान पानवारी सम्म ¥याली सहीत सभामा परिणत भएको थियो ।
