पोखरामा हुने आठौं राष्ट्रिय प्राङगारिक कृषि मेलाको तयारी पुरा

Read Time:3 Minute, 37 Second

घनश्याम पाण्डेय

१३ माघ-पोखरामा हुने आठौं राष्ट्रिय प्राङगारिक कृषि मेलाको तयारी पुराभएको आयोजकले जनाएको छ । क्षेत्रीय कृषि निर्देशानलय पोखरा र कृषि ब्यवसाय प्रवर्द्धन कार्यक्रम हरिहर भवन ललितपुरको संयुक्त आयोजना हुने आठौं राष्ट्रिय प्राङगारिक कृषि मेलामा निशुल्क रुपमा १२० वटा स्टल रहने बताइएको छ ।

मेला ब्यवस्थापन समितिका संयोजक एवं क्षेत्रीय कृषि निर्देशक लेखनाथ आचार्यले पोखराको प्रर्दशनी केन्द्रमा माघ १५ देखि १८ गते सम्म चल्ने मेलामा झण्डै एक लाख दर्शकले अबलोकन गर्नुृुको साथै मेलामा रहने सवै स्टल प्राङगारिक सम्बन्धी हुने बताए ।

मेलामा निशुल्क प्रवेश, निःशुल्क स्टल ,प्राङगारिक कृषि गीत सम्बन्धि प्रतियोगिता, प्राङगारिक कृषि सम्बन्धि प्राविधिक सुचना एव प्रस्तुतीकरण, प्राङगारिक कृषि सम्बन्धमा विज्ञहरु बाट कार्यपत्र प्रस्तुती, जेटीए र बुढी आमाको प्रहसन लगायतको कार्यक्रम रहेको क्षेत्रीय कृषि निर्देशनालयका प्रसार अधिकृत खेमनारायण चापागाईले बताएका छन ।

यस मेलामा कृषक, कृषि सहकारीकर्मी, तथा कृषि प्रविधिसंग सम्बन्धित उद्योगी, ब्यवसायीहरु, विद्यालय, क्याम्पस तथा विश्व विद्यालयका विधार्थी, तथा सोधकर्ताहरु, सरकारी एवं गैरसरकारी संघसस्थाहरुको सहभागीता रहने आयोजकले जनाएको छ ।

मेला प्रवेश पनि निशुल्क भएकोले दर्शकको सख्या बढी हुने आयोजकले अपेक्षा गरेको छ । मेला शुरु हुने दिन विहिबार माघ १५ गते विहान ११ बजे क्षेत्रीय कृषि निर्देशनालयको प्राङगणबाट शुरु हुने नौमती बाजा सहित विभिन्न कृषि झाकीले पोखराको चिप्लेढुङा महेन्द्रपुल, नयाँबजार हुदै मेला स्थल प्रर्दशनी केन्द्र नयाँ बजारमा पुगेर औपचारीक कार्यक्रममा परिणत हुने बताइएको छ । मेलाको उद्घाटन कृषि मन्त्री हरिप्रसाद पराजुलीले गर्ने आयोजकले जनाएको छ ।

मेलामा प्राङगारिक कृषि बस्तुहरुको खरिद विक्रि, बाली उपचार शिबिर, घुम्तीमाटो परिक्षण शिविर, प्राङगारिक कृषि सुचना केन्द्र, ख्याति प्राप्त राष्ट्रिय कलाकार बाट प्राङगारिक कृषि सम्बन्धि सास्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ । मेलाको सह आयोजकको रुपमा पोखरा उद्योग बाणिज्य संघ र जिल्ला कृषि विकास कार्यलय कास्की रहेको छ । मेला लाई सफल बनाउन कास्कीमा रहेका विभिन्न गैरसरकारी संघसस्थाहरु पनि सहयोगिमा रहेको बताइएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %