तमु राष्ट्रिय मुक्ति मोर्चा (क्रान्तिकारी) कास्कीमा सन्देश तमु

Read Time:1 Minute, 30 Second

रूद्र श्रीसमगर

पोखरा, ११ माघ

नेकपा–माओवादीनिकट तमु राष्ट्रिय मुक्ति मोर्चा (क्रान्तिकारी)को आइतबार सम्पन्न जिल्ला भेलाले सन्देश तमुको संयोजकत्वमा जिल्ला भेला आयोजक समिति गठन गरेको छ ।

आगामी दुई महिनाभित्र जिल्ला सम्मेलन गर्ने गरी गठित भेला आयोजक समितिका सदस्यहरूमा आइती तमु, गम्भीर तमु, वीर बहादुर तमु, गंगा बहादुर तमु, कुल बहादुर तमु, सुक बहादुर तमु, बीएल तमु, भीम तमुलगायत रहेका छन ।

नेकपा–माओवादीका केन्द्रीय सदस्य एवं तमुवान इञ्चार्ज श्रीनाथ अधिकारी ‘श्याम’को प्रमुख आतिथ्यतामा सम्पन्न तमुहरूको जिल्ला भेलामा केन्द्रीय सदस्य एवं तमुवान सेक्रेटरी यशोदा सुवेदी ‘प्रभा’, कास्की क्षेत्र नं. ३ का संयोजक राजकुमार सुवेदी ‘राजन’, क्षेत्र नं. २ का संयोजक अर्जुन छन्त्याल, अनेमसङ्घ (क्रान्तिकारी) क्षेत्र नं. ३ का संयोजक लक्ष्मी अधिकारीलगायतले समसामयिक राजनीतिक परिस्थितिका बारेमा बोलेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %