मौजाको ३९ औं वसन्त पञ्चमी मेला सम्पन्न

Read Time:2 Minute, 40 Second

रूद्र श्रीसमगर

पोखरा, ११ माघ

कास्कीको मौजामा जारी ३९ औं वसन्त पञ्चमी मेला आइतबार सम्पन्न भएको छ ।

प्रगतिशील युवा क्लब, मोहोरिया, मौजाको १९ औं वार्षिकोत्सवका अवसरमा आयोजित मेलाको नेपाल लोकतान्त्रिक खेलकुद सङ्घका अध्यक्ष देवेन्द्र शेरचनले समापन गरेका थिए ।

मेलामा आयोजित खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि संरक्षण युवा क्लब घ्याम्राङले जित्न सफल भएको छ । संरक्षणले सिंगापुर भेट्रान्सको टिमलाई ३–२ सेट अन्तरले हराउँदै २० हजार रुपैयाँ नगद र ट्रफी जित्न सफल भयो । त्यस्तै, दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भएको सिंगापुर भेट्रान्सले १० हजार रुपैयाँ नगद जित्न सफल भयो ।

साथै, संरक्षणका सञ्जु शाह, सागर मल्ल, रोशन गुरुङ र दिपु रोकामगरले क्रमशः वेस्ट स्पाइकर, वेष्ट सर्वर, वेष्ट लिफ्टर र वेष्ट क्वीकरको पुरस्कार प्राप्त गर्न सफल भए भने सिंगापुरका मनोज खड्का र राम गुरुङले क्रमशः वेष्ट ब्लकर र वेष्ट डिफेन्सको पुरस्कार प्राप्त गर्न सफल भए । त्यस्तै, उत्कृष्ट खेलाडी पुरस्कार भने सिंगापुरकै टुक पुनले प्राप्त गरे । कार्यक्रममा कलाकार उमा गुरुङलाई उत्कृष्ट नृत्य पुरस्कार प्रदान गरियो ।

मेलाकै अवसरमा आयोजित कुर्ची दौड प्रतियोगितामा खश्मिरी गुरुङले प्रथम पुरस्कार हात पार्न सफल भइन भने छेलो प्रतियोगितामा फेवा दोहोरी साँझ पोखराका सञ्चालक जीवन मल्ल उपाधि जित्न सफल भइ यस वर्षको पहलमान घोषित भएका छन । कार्यक्रममा प्रायोजक तथा सहयोगदाताहरूलाई सम्मान पनि गरिएको थियो ।

क्लबका अध्यक्ष मणिराज गुरुङको अध्यक्षतामा भएको समापन कार्यक्रमको सञ्चालन सल्लाहकार सिम गुरुङले गरेका थिए भने पत्रकार विनोद लामिछानेले पनि बोल्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %