बालिका बलात्कारको आरोपमा एक बृद्ध पक्राउ

Read Time:1 Minute, 15 Second

देब पचभैया

पाल्पा, माघ १२ – बालिका बलात्कारको आरोपमा जिल्ला प्रहरी कार्यालय पाल्पाले एक बृद्धलाई पक्राउ गरेको छ । १३ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा छहरा ९ पाल्पाका ६० बर्षिय छबिलाल सोमैलाई शनिबार नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।

छबिलालले माघ ८ गते बालिका बलात्कार गरेको भन्दै बालिकाका परिवारले स्थानिय प्रहरी चौकीमा उजुरी दिएपछि उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पाल्पामा ल्याईएको छ ।

पिडित बालिकाको आईतबार जिल्ला अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको छ । घटनाको अनुसन्धान भैरहेको र सबै रिपोर्ट प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख शिब कुमार श्रेष्ठले जानकारी दिए ।

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %