विनोद रखाली मगर
स्याङ्जा , माघ ११ – भू.पू. सैनिक विकाश एवम् कल्याणकारी संघ क्षेत्र न. ३ स्याङ्जाको साधारण सभा तथा तेस्रो अधिवेशनले पुन : सुवेदार चन्द्रवहादुर रखाली मगरको अध्यक्षतामा १७ सदस्यिय कार्य समिति निर्वाचित गरेको छ ।
समितिको प्रथम उपाध्यक्षमा इन्स्पेक्टर खड्गवहादुर राना मगर , द्धितीय उपाध्यक्षमा सुवेदार मेजर मनवहादुर थापा मगर , सचिवमा हनेरी नायव सुवेदार नारायन थापा मगर , सह सचिवमा कृष्णमाया राना मगर , कोषाध्यक्षमा सुवेदार होमवहादुर राना मगर निर्वाचित भएका हुन् ।
समितिको अन्य सदस्यहरुमा क्याप्टेन रिकवहादुर थापा मगर , सुवेदार ज्ञानवहादुर थापा मगर , सुवेदार कुविर गाहा मगर , सुवेदार ओमवहादुर थापा मगर, सुवेदार यौवहादुर राना मगर , हनेरी नायव सुवेदार शेरवहादुर वराल मगर , हवल्दार भिमवहादुर थापा मगर , हवल्दार गगन थापा मगर , ओ.वि थापा मगर , केशरी रखाली मगर , कृष्णा माया गुरुङ् रहेका छन् ।
यस अघि कार्यक्रमको उद्धघाटन गर्दै पूर्व सैनिक कल्याणकारी महासंघका केन्द्रीय अध्यक्ष कर्णेल धनवहादुर थापा मगरले वेलायती तथा भारतीय भू. पू. सैनिक हरुका विभिन्न पक्षका वारेमा वोलेका थिए । उनले सेवा निवृत्त भएका पूर्व सैनिकहरु विच एकताको चर्चा गर्दै पेन्सन सुविधामा देखिएका कागजात समस्या वारेमा सम्वन्धित निकायमा दवाव र सम्वन्धित पक्षको ध्यानाकर्षण समेत आवश्यक रहेको कुरामा जोड दिएका थिए ।
वृहत भेलामा भू.पू. सैनिक कल्याणकारी संघ स्याङ्जाका अध्यक्ष क्याप्टेन डिलवहादुर थापा मगर , सचिव सिता थापा मगर , सुवेदार शालवहादुर थापा मगर , सुवेदार नन्द विर गुरुङ् , लगाएतले भू.पू. सैनिक विच एकतामा जोड दिएका थिए ।
नेपाल मगर संघ गल्याङ्को सभाहलमा सम्पन्न उक्त कार्यक्रममा स्याङ्जा क्षेत्र न. ३ का वेलायती, भारतीय र नेपाली सयौं भू.पू. सैनिकहरुको सहभागिता रहेको थियो । पूर्व इनेस्पेक्टर खड्गवहादुर राना मगरको स्वागत मन्तब्य सङ्गै सुरु भएको कार्यक्रमको सन्चालन नायव सुवेदार नारायण थापा मगरले गरेका थिए ।
कार्यक्रम भू.पू. सैनिक कल्याणकारी संघ क्षेत्र न. ३ का अध्यक्ष सुवेदार चन्द्र वहादुर रखाली मगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।
