अन्तर एकाइ कौह्रा प्रतियोगितामा कदममार्ग एकाइ प्रथम

Read Time:3 Minute, 51 Second

रूद्र श्रीसमगर

पोखरा, १० माघ

नेपाल मगर संघ नयाँबजार एकाइ समिति, कास्कीको आयोजनामा शनिबार पोखरा सभागृहमा नेपाल मगर गलेम–राँपुली तमु परिवारले ल्हु ल्होछार मनायो । कास्की अन्तर्गतका एकाइहरू बीच भएको ‘अन्तर एकाइ कौह्रा नृत्य प्रतियोगिता’मा कदममार्ग एकाइ समिति प्रथम हुन सफल भएको छ ।

मगर जातिको मौलिक नृत्य कौह्राको संरक्षण तथा एकाइ समितिहरू बीच प्रगाढ सम्बन्ध बनाउने उद्देश्यले आयोजित प्रतियोगितामा सहभागी नौ टिमलाई पछि पार्दै कदममार्गले २० हजार रुपैयाँ नगद पुरस्कार, प्रमाणपत्र र ट्रफी जित्न सफल भयो ।

त्यस्तै, माटेपानी एकाइ समितिले द्वितीय हुँदै १५ हजार रुपैयाँ नगद पुरस्कारसँगै प्रमाणपत्र र ट्रफी जित्यो भने तल्लो गगनगौंडा एकाइ समिति तृतीय हुँदै १० हजार रुपैयाँ नगद पुरस्कार, प्रमाणपत्र र साथमा ट्रफी जित्न सफल भयो । त्यसैगरी, सान्त्वना हुँदै ढुगेपाटन एकाइ समितिले पाँच हजार रुपैयाँ नगदसँगै ट्रफी र प्रमाणपत्र हात पा¥यो भने चार हजार रुपैयाँ राशिको उत्कृष्ट भेषभूषा पुरस्कार आयोजक नयाँबजार एकाइ समिति र तीन हजार रुपैयाँ राशिको उत्कृष्ट नृत्य निर्देशक पुरस्कार माटेपानी एकाइ समितिका नृत्य निर्देशक विक्रम थापामगरले प्राप्त गरेका छन ।

प्रतियोगितामा निर्णायक मण्डल संयोजक हिमाली सांस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङ, डाँफे कला मन्दिरका वरिष्ठ नृत्य निर्देशक रेशम गुरुङ र पोखरा कला केन्द्रका वरिष्ठ नृत्य निर्देशक तथा मोडल राहुल थापामगर निर्णायक मण्डल सदस्य रहेका थिए । कार्यक्रममा कलाकारहरू पोखरा तारा सुरज थापामगर, मनोहर रानामगर, कपिल पुनमगर लगायतले सांगीतिक प्रस्तुती समेत राखेका थिए ।

यसअघि, सो प्रतियोगिताको उद्घाटन गर्दै आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष झक बहादुर थापामगरले आदिवासी जनजातिहरूको भाषा, संस्कृति लोपोन्मुख अवस्थामा पुगेको बताए ।

आफ्ना मौलिक पहिचानका रूपमा रहेका भाषा, धर्म र संस्कृतिको संरक्षण गर्नु स्वयं सरोकारवाला र राज्यको उत्तिकै दायित्व रहेको उल्लेख गर्दै उपाध्यक्ष थापाले सबै मिलेर पहिचानलाई हराउन दिन नहुने बताए । यस्ता प्रतियोगिताले संस्कृति संरक्षणमा उल्लेखनीय भूमिका खेल्न सक्ने उहाँको ठम्याइ थियो ।

प्रतियोगिताका कार्यक्रम संयोजक एवं नेपाल मगर सङ्घ नयाँबजार एकाइ समितिका अध्यक्ष दुर्गा बहादुर थापामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सुरज थापामगर र निशा पुनमगरले गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %