गलेम–राँपुली तमु परिवारले ल्हु ल्होछार मनायो

Read Time:1 Minute, 45 Second

रूद्र श्रीसमगर

पोखरा, १० माघ

गलेम–राँपुली तमु परिवारले विविध कार्यक्रमसहित ल्हु ल्होछार मनाएको छ ।

पोखरा–८, बगालेटोलस्थित बगालेटोल तमु समाज भवनमा बृहत कार्यक्रमको आयोजना गरी परिवारले ल्हु ल्होछार सम्पन्न गरेको हो ।

कार्यक्रममा ल्हु ल्होछारको शुभकामना दिँदै परिवारका सल्लाहकार संयोजक एवं समाजसेवी मेजर दिलबहादुर गुरुङले तमु जातिको महान् चाड ल्होछारको महत्वबारे प्रकाश पारेका थिए ।

सो अवसरमा परिवारका ८० वर्षमाथिका ज्येष्ठ नागरिक, स्वदेशी तथा विदेशी सेनाका कार्यरत विभिन्न पदमा बढुवा भएका व्यक्तित्वहरू, प्रशासनिक निकायका व्यक्तित्व, २०७० सालको एसएलसी परीक्षामा उत्तीर्ण विद्यार्थी, कक्षा १२ उत्तीर्ण विद्यार्थी, विवाहित नवदम्पती लगायतलाई खादा ओढाइ सम्मान समेत गरिएको थियो । साथै, कार्यक्रममा विभिन्न खानपानका परिकार सहित सांस्कृतिक कार्यक्रम, नाचगान समेत गरिएको थियो ।

परिवारका अध्यक्ष क्या. इन्द्र बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सुनिता गुरुङले गरेका थिए भने उपाध्यक्ष सु. बेल बहादुर गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %