भू.पू. एकता आवश्यक : कर्णेल मगर,
विनोद रखाली मगर / Laxmi Television
स्याङ्जा , माघ १० – भू.पू. सैनिक एंव कल्याणकारी संघ क्षेत्र न. ३ स्याङ्जाले भू.पू. दिवश २०७१ को सन्दर्भमा भू.पू. सैनिक भेला एक कार्यक्रमका विच सम्पन्न भएको छ ।
कार्यक्रमको उद्धघाटन गर्दै पूर्व सैनिक कल्याणकारी महासंघका केन्द्रीय अध्यक्ष कर्णेल धनवहादुर थापा मगरले वेलायती तथा भारतीय भू. पू. सैनिक हरुका विभिन्न पक्षका वारेमा वोलेका थिए । उनले सेवा निवृत्त भएका पूर्व सैनिकहरु विच एकताको चर्चा गर्दै पेन्सन सुविधामा देखिएका कागजात समस्या वारेमा सम्वन्धित निकायमा दवाव र सम्वन्धित पक्षको ध्यानाकर्षण समेत आवश्यक रहेको कुरामा जोड दिएका थिए ।
वृहत भेलामा भू.पू. सैनिक कल्याणकारी संघ स्याङ्जाका अध्यक्ष क्याप्टेन डिलवहादुर थापा मगर , सचिव सिता थापा मगर , सुवेदार शाल वहादुर थापा मगर , सुवेदार नन्द विर गुरुङ् , लगाएतले भू.पू. सैनिक विच एकतामा जोड दिएका थिए ।
नेपाल मगर संघ गल्याङ्को सभाहलमा सम्पन्न उक्त कार्यक्रममा स्याङ्जा क्षेत्र न. ३ का वेलायती, भारतीय र नेपाली सयौं भू.पू. सैनिकहरुको सहभागिता रहेको थियो । पूर्व इनेस्पेक्टर खड्गवहादुर राना मगरको स्वागत सङ्गै सुरु भएको कार्यक्रमको सन्चालन नायव सुवेदार नारायण थापा मगरले गरेका थिए । कार्यक्रम भू.पू. सैनिक कल्याणकारी संघ क्षेत्र न. ३ का अध्यक्ष सुवेदार चन्द्र वहादुर रखाली मगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।

