सहमति नभएसम्म संविधानसभा अवरुद्ध पार्ने संयुक्त मोर्चाको निर्णय

Read Time:1 Minute, 45 Second

दीपा आले मगर

  काठमाडौं, ९ माघ – आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपाल सहितको संयुक्त मोर्चाले दलहरुबीच सहमति नभएसम्म संविधानसभा अवरुद्ध पार्ने निर्णय गरेको छ ।

मोर्चाको शुक्रबार विहान बसेको बैठकले संविधान निर्माणसम्बन्धी कार्यतालिका परिवर्तन गर्नुपर्ने माग समेत राखेको हो । मोर्चाले पूर्व निर्धारित संघर्षका कार्यक्रमहरुलाई यथावत राख्नुका साथै थप शसक्त बनाउने निर्णय गरेको छ । सत्तापक्षले प्रकृयामै गएर नर्धारित समयमा संविधान जारी गर्ने भन्दै आए पनि मोर्चाले त्यसको विपक्षमा रह“दै संविधानसभा बैठक अवरुद्ध गर्दै आएको छ ।

यसैबीच मोर्चाले शुत्ररबार पनि संविधानसभा घेराउ कार्यक्रमलाई जारी राखेको छ । मोर्चाले संविधानसभा घेराउमा नयाँ बानेश्वर, विजुलीबजार खण्डमा विरोध प्रदर्शन तथा धर्ना दिएका छन् । विरोध कार्यक्रममा जनजाति अगुवा मल्ल के सुन्दर, सुरेश आलेमगर लगायतको उपस्थिती रहेको छ ।

 

साँझ ४ बजेसम्म गरिने विरोध प्रदर्शनमा पहिचानसहितको संघीय संविधान जारी घर, सम्पूर्ण जनजाति एक हौं, लगायतका नारासहित, ब्यानर र झन्डा बोकेर प्रदर्शनकारीहरुले विरोध गरेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %